लक्ष्मिपुर पत्तारी गाउँपालिकामा घरमै भत्ता पाएपछी बृद्ध बृद्धा खुसी

  • वैशाख २७, २०७७
  • १६२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान २७ , बैशाख । सिरहको लक्ष्मिपुर पत्तारी गाउँपालिकामा टोल मै सामाजिक सुरक्षा भत्ता बितरण भैरहेको छ । एकल महिला , अपाङ्ग , जेष्ठ नागरिक , दलित जेष्ठ नागरिकहरुलाई बैङ्कबाट दिने भत्ता घरमै गएर बितरण गरिरहेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिनुभयो ।
लकडानका कारण जेष्ठ नागरिकहरुलाई बैङ्कमा पैसा निकाल्न समस्या पर्ने भएकोले एक चरणका लागी कोलनीकाबाट अनुमती लिएर टोलमै भत्ता वितरण गरिरहेको गाउँपालिका अध्यक्ष साहले बताएका छन । भत्ता वितरण गर्न सचिब वडा अध्यक्ष लगायत गाउँपालिकाका एक जना कर्मचारी पठाएको उनले बताए ।
मंसिर देखी फल्गुन सम्म दोस्रो चौमासिकको भत्ता बितरण भै रहेको प्रमुख प्रशासकिय अधिकृत धनिकलाल यादबले बताए । एनसीसी , माछापुच्र्छे एआईसी बैङ्कमा सामाजिक सुरक्षा भत्ता पाउनका लागी सेवाग्राहीको खाता खोलीएको छ ।

स्थानिय सेवाग्राहीको अपेक्षालाई मध्यनजर गर्दै गाउँ मै भत्ता बाँडन कार्यपालिकाले समेत निर्णय गरेको उनले बताए । वडा नम्बर २ मा सम्पन्न भैसकेको छ बाँकी वडा नम्बर १ ,३ ,४ ,५ , ६ मा बितरण भैरहेको हो । सोही गाउँपालिका वडा नम्बर ४ का बिजली दास तत्माले दलित जेष्ठ नागरीकको रुपमा प्रति महिना २ हजारका दरले ८ हजार रुपैया पाएपछी खुसी हुदै भने लकडाउनमा पैसाको धेरै खाँचो थियो यो पैसाले दैनिक छाक टार्न धेैरै नै राहत भयो ।’

सोहि वडाका अर्की एकल महिला सुरजबती देबी सिंहले पैसा घरमै दिएकोमा गाउँपालिकाका जनप्रतिनिधि सहित कर्मचारीलाई धन्यबाद दिए । गाउँपालिकामा २ हजार ३ सय ७५ जना सामाजिक सुरक्षा भत्ता पाउने संख्या रहेको छ

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...