लकडाउनको समय भोकै काममा पेलिएका शिवा इटा भट्टाका मजदुरहरुलाई कौवाहाका युवाहरु द्धारा खानपिनका समानहरु बितरण

  • वैशाख २७, २०७७
  • १४९४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सतेन्द्र यादव÷बैसाख २७,बिष्णुपुर ।सिरहाको नरहा र बिष्णुपुरको सिमामा अबस्थित शिबा भट्टामा काम गरिदै आएका मजदुरहरुलाई बिष्णुपुर गाउँपालिका वडा न. २ कौवाहाका युवाहरु द्धारा तत्काल गुजारा गर्नको लागि खानपिनका समानहरु बितरण गरेका छन ।कोभिड १९ को जोखिम समयमा लकडाउनले मजदुरहरु भोक संकटमा परेपछि कौवाहाका युवाहरु द्धारा खानपिनका समानहरु बितरण गरिएको हो ।

कोभिड १९ को प्रभाव संसारमै परेको बेला यसबाट सुरक्षित हुन नेपालले पनि लकडाउन बिधि अपनाईरहदा सिरहाको नरहा र बिष्णुपुरको सिमा बिचको इटा भट्टा भने लकडाउनको समय पनि मजदुरहरुलाई काममा पेलेका छन ।

देशमा लकडाउन गरेको बेला अति आवश्यक काम बाहेक अरु कामहरु बन्द गर्न सरकारको सार्वजनिक निर्णय रहदा पनि शिवा इटा भट्टाका संचालकले मजदुरलाई काम गराउँदै इटा रातको समय बिक्रि बितरण गरिदै आएका छन । तर मजदुरहरुको खाना र राशनमा भने कटौति गरेका मात्र होईन एक छाक भौकै बस्नु परेको गुनासो मजदुरहरुको रहेका छन ।

हाल यस शिबा भट्टामा काम गर्ने स्थानिय मजदुरहरु घर गैसकेपनि भारत बाट आइ काम गर्ने जम्मा १७ वटा मजदुरहरु सना सना बच्चा समेत गरि ६२ जना रहेको शिबा भट्टाका मुुन्सी सुरेश कुमार झाले जनाए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...