बिपद प्रतिकारी योजनाहरु तयारको लागि सिरहामा बिपद ब्यबस्थापन समितिको बैठक

  • बैशाख २६, २०७७
  • ७४४ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷बैसाख २६ सिरहा । कोभिड १९ लगायत सम्भाबित प्राकृतिक प्रकोपहरु बाट उत्पन हुन सक्ने समस्याहरुको मध्यनजर गर्दै बिपद प्रतिकारी योजनाहरु तयारको लागि सिरहामा बिपद ब्यबस्थापन समितिको छलफल भएको छ । बैसाख २५ गते बिहिबार जिल्ला समन्वय समितिको समिक्षालयमा बैठक बस्दै कोभिड १९ ले बिश्वमा ल्याएको मानविय सन्त्रास र त्यसबाट नेपाल पनि अछुतो नरहेको उच्च जोखिम पुर्ण अबस्थालाई दृष्टिगत गरि सिरहाका चौतर्फि सिमा नाका बाहिरको जिल्ला क्षेत्रहरु तथा छिमेकि मुलुक भारत कोरोना प्रभावित रहेको कारण र बिदेश बाट आउने नेपालिहरुको ब्यबस्थापनको लागि समितिको छलफल भएको हो ।

हाल कोभिड १९ को बिषम प्रस्थितीमा सिरहाको १७ स्थानिय तहहरुमा रहेको जम्मा एकाइस वटा क्वारेटिनहरुले स्थानिय र बिदेश बाट आउने नेपालिहरुको भार थेग्न नसक्ने भएकोले हाल थप ६ वटा क्वारेटिनको ब्यबस्था गर्नुपर्ने बिपद ब्यबस्थापन समितिको बैठकमा छलफल भएको सिरहा जिल्ला प्रमुख अधिकारी तथा विपद ब्यबस्थापन समितिको संयोजक सरोज  गरागाँईले जनाएको छ । अधिकारी गुरागाँईले कोभिड १९ जोखिमको समय सिरहा स्थित रहेको १७ वटा स्थानिय तहहरु सगँ आबद्ध १६४ वटा वडाहरुमा छरिएर रहेको २१ वटा क्वारेटिनहरु मापदण्ड बिपरित रहेको र सो मा सुरक्षाको अभाव स्वास्थयकर्मिहरुको अभाव स्वंमसेवकहरुको अभाव रहेको अबस्थालाई केलाउदै यसको सफल ब्यबस्थापनको लागि सम्पुर्ण स्थानिय तहहरुले बिचार गर्नुपर्ने भन्दै क्वारेटिन ब्यबस्थापनमा जोड दिएका छन ।sp

त्यसतै देश र जनता कोरोना जोखिम सगँ जुझदै गरेको बेला यस बाट आम समुदायमा परेको खाद्द संकटमा ध्यान केन्द्रित गरि सरकारले ल्याएको राहत बितरणमा स्थानिय तहहरुले राहत अनुदान पारदर्शि रुपले बाँडनु पर्ने सिरहाका एसपि उमा प्रसाद चतुर्बेदिले सुझाएको छ । एसपि चतुर्बेदिले राहत बितरणमा अपारदर्शिताले स्थानिय तहहरुमा सृजना हुने समस्याहरुमा आफना प्रहरिहरु अल्झिनुपर्ने भएकोले राहत बितरणकै काममा सुक्षा निकायलाई थप प्रेसर नदिन आग्रह गर्दै स्थानिहतहहरुले पनि स्थानिय तहमा केहि भोलेन्टियर खटाउन सक्ने बातावरण निर्माण गर्न बिचार व्यक्त गरेको छ । उहाँले हाल रहेको प्रत्येक क्वारेन्टिहरुमा प्रहरिबाट २ जना र बाँकी स्थानिय तह बाट भोलेन्टियर राख्नु आर्थिक दृष्टिकोणले पनि उचित रहने धारना ब्यक्त गरे । साथै उहाँले कोरोना जोखिमको बेला हाटबजार पुर्ण रुपले बन्द हुनुपर्नेमा जोड दिदैं धैरैले जानिजानि कालोबजारि पनि गरिरहेको चिन्ता ब्यक्त गरे ।meyar 1

बैठकमा नेपाल पत्रकार महासघंको केन्द्रिय सदस्य देब कुमार यादवले कोभिड १९ सकंट र समसामयिक बस्तु प्रस्थिति सगँ लडन सक्ने क्षमता स्थानिय तहहरुले बिना अर्थ बिना कामको बगाउनु अनुचित रहेको बताए । debdai

 

प्रतिक्रिया दिनुहोस

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...