बिभिन्न सरोकारबला निकायहरुको निगरानीमा सिरहा नपा ११ मा राहत बितरण

  • वैशाख २३, २०७७
  • १४१९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राम पुकार यादव÷  कोभिड १९ को मध्य नजर गर्दै सिरहा नगरपालिका वडा नम्बर ११ भलुवाहीमा राहत बितरण गरेको छ । जनतालाई शुशासनको प्रत्याभुति दिलाउन सिरहाको बिभिन्न सरोकारबला निकायहरुको निगरानीमा राहत बितरण गरेको वडा अध्यक्ष तथा राहत बितरण समितिका संयोजक बिनोद कुमार कामतिले जनाएको हो ।

अध्यक्ष कामतिले कोभिड १९ को मध्य नजर गर्दै २५ केजी सोना मन्सुलि चामल, ३ केजि मसुरो दाल,२ लिटर सनफलावर तेल, २ केजि आयोडिन नुन र २ वटा हात धुने साबुन बितरण गरेको बताए ।

करिब ४०० घरधुरी बिपन्न समुदाय रहेको वडा ११ भलुवाहिमा आज मात्र १४२ जना घरपरिवारलाई बितरण गरेको वडा सचिव राम एकबाल कामतिले जनाएको छ । sachib सचिव कामतिले बिपन्न समुदायलाई ख्याल गर्दै राहतको लागि निशुल्क फोटोकपि पनि उपलब्ध गराएको प्रदेश टाइमसलाई जानकारी गराउँदै यस भन्दा पहिला पनि ८०८ घरपरिवारलाई ३ वटा मास्क सहित २ वटा साबुन र सेनिटाईजर बितरण गरेको जनाए ।हाल प्रथम चरणमा नाम छुटेकाहरुलाई समेत समेटिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...