नरहा गाउँपालिका वडा न. ४ मा बिपन्न समुदायलाई राहत बितरण

  • वैशाख २३, २०७७
  • १२७२ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷२३ बैसाख बिष्णुपुर सिरहा । सिरहाको नरहा गाउँपालिका वडा न. ४ मा राहत बितरण भएको छ । कोभिड १९ को कारण सरकारले गर्नु परेको लकडाउनले आम बिपन्न समुदायहरुमा परेको भोक संकटलाई मध्य नजर गर्दै सिरहाको नरहा गाउँपालिकाले वडा न.४ देखि राहत बितरण कार्य शुरु गरेको हो । कोभिड १९ जोखिम न्युनिकरण को लागि समाजिक दुरीलाई ब्यबस्थित गर्दै राहत बितरण गरेको वडा नं ४ का अध्यक्ष सुर्यनाथ यादवले बताए । अध्यक्ष यादवले खास गरि सदाय परिबारको बाहुल्यता रहेको सो वडामा कोहि नछुटुन र राहत बाट बंचित नहुन भन्ने तरिका बाट राहत बितरण कार्य थालनि गरेको समेत बताए ।bhanja
राहत बितरण गर्दै नरहा गाउँपालिकाको अध्यक्ष राम शरण यादवले सार्वजनिक हरेक काममा प्रक्रिया पुगाई काम गर्नु परेको कारण अलिकति ढिलो हुदाँ पनि चुस्त एवम दुरुस्त तरिकाले राहत बितरण शुरु गरेको बताए ।sar उहाँले प्रक्रिया नपुगाएर आफ्नै भकारी को चामल बाँडेझै राहत बाँडनु उचित नरेको भन्दै प्रक्रिया पुगाउन ढिलो भइ राहत बितरण ढिलो भएको बताए ।त्यसतै राहतमा २ केजि दाल,२५ केजि सोना मन्सुलि चामल,नुन १ केजि तेल १ लिटर र आलु ५ केजि रहेको प्रमुख प्रशासकिय अधिकृत सुमित्रा लामाले बताईन ।साथै गाउँपालिकाको पाँच वटै वडा बाट जम्मा सताइस सय बिपन्नहरुको नामाबलि छनौट भएको समेत बताइन ।sura

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...