लहान २० मा राहतको लागि घेराउ, प्रहरीको सहयोगमा अध्यक्ष चौधरी फरार

  • वैशाख १७, २०७७
  • ६३१ पटक पढिएको
alt

दिनेश्वर प्रसाद गुप्ता लहान, १७ बैशाख । लकडाउनको बेला ज्याला मजदुरी गर्न नसकिएका लहान २० का पीडितहरुले राहतको लागि आज ( मंगलवार ) वडा कार्यालय घेराउ गरेको छ । लहान नगरपालिकाले पठाएको नमावली अनुरुप लहान २० का वडाध्यक्ष गणेश चौधरीले राहत वितरण नगरिएको पीडितहरुको गुनासो छ । नगरपालिकाले ४ सय ६० जनाको नाममा पठाएको राहत वडाध्यक्ष चौधरीले त्यस मध्येको ५३ जनालाई छाडेर अन्यौलता गरेको आरोप स्थानीय जितेन्द्र साहको छ । जितेन्द्र साहले भने पहिचान गरिएको पीडितलाई वडाध्यक्षले राहत नदिई आफ्ना नजिकका व्यक्तिलाई बाडेको छ । वडाध्यक्षले राहत सामाग्री पटक पटक ट्रायक्टरमा आफ्नो गाउँ लगेको आरोप लगाउँदै साहले भने पीडितहरु रोगभोकले समस्या खेप्दै छन् । उता, वडाध्यक्षले गैरजिम्मेवारीपन तरिकाले राहत अन्यत्र प्रयोग गरेको साहको आरोप छ । राहत पाउँनबाट बंचित रहेका ५०—६० जनाको समूहले आज वडा कार्यालयमा अध्यक्ष चौधरीलाई घेरा हालेको थियो । घण्टोसम्म घेरा हाल्दा वडाध्यक्ष चौधरीले पीडितसँग छलफल नगरी प्रहरी बोलाएर आफु कार्यालयबाट निस्किएर फरार भएका थिए । राहत लिन आएकी अमिना खातुन भन्छिन् — म जनबैन गरेर खान्छु । मेरो नामको राहत अरुलाई दियो । मलाई अहिलेसम्म राहत दिएको छैन । बालबच्चा भोकभोकै छन् । आज एक हप्तादेखि वडा कार्यालयमा आउँछु राहत पाउँदीन । लहान २० मा यस्ता सयौ पीडित राहत नभपाएर समस्या खेप्दै आएका छन् । वडाध्यक्ष चौधरीले नगरपालिकासँग हामी ५ सय ४७ जनाको लागि राहत माग गरिएका थिए । उता, नगरपालिकाबाट ४ सय ६० जनाको लागि राहत पठाएकोले सोही अनुरुप वितरण गरिएको छ । बांकी छुटेका पीडितलाई प्रदेश २ सरकारबाट आउँने बजेटबाट राहत वितरण गरिने भन्दै वडाध्यक्षले यो अनावश्यक भिड हो । यसरी तेस्रो पटक भिड् भएको हो । वडाध्यक्षले पहिचान गरिएको ४ सय ६० मध्येका ५३ जनाको राहत अरुलाई दिएको कारण लहान २० मा एक सत्तादेखि व्यापक विरोध र घेराउ हुँदै आएको छ । राहतमा २० केजी चामल, ४ केजी आलु, १ किलो दाल, १ किलो नुन, १ लिटर खानेतेल , २ सय रुपैयाँ नगरपालिकाले बनाएको राहत वितरण गरिएको छ । एक स्रोतका अनुसार ४ सय ६० जनाको नमावलीमा ५३ जनाको नक्कली सहीछाप गरी भर्पाइ बनाएर नगरपालिकामा पेश गरेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...