अपहरण मुद्दा दर्ताको माग गर्दै कल्याणपुरमा प्रर्दशन

  • वैशाख १७, २०७७
  • ३६० पटक पढिएको
  • Ram Pukar Yadav
alt

 नवसंग्राम दैनिक ।  लहान १७ बैशाख । सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरिएको भन्दै मुद्दा दर्ता नगर्दा जनता समाजवादी पार्टी सिरहा पनि प्रदर्शन गरेको छ । लकडाउन उलघंन गर्दै कल्याणपुर ५ मा मशाल जुलुस प्रदर्शन गरिएको छ । कल्याणपुर ५ का वडा अध्यक्षसहित जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताले मशाल जुलुस प्रदर्शन गरेको जनता समाजवादीका कुशेश्वर पंजियारले बताए ।पुर्व स्वास्थ राज्यमन्त्री डा.सुरेन्द्र यादवको अपहरण विरुद्व प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि मशाल जुलुस प्रदर्शन गरेको हो । कानुन सबैका लागि बराबर हो भन्दै अपहरण कान्डका मुद्दा अविलम्व दर्ता गर्नुपर्ने दबाब स्वरुप जुलुस निकालिएको छ । उक्त मशाल जुलुसमा प्रदर्शनकारीहरु मास्क लगाएर समाजिक दुरी समेत कायम गरि प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...