प्राणघातक कोरोना महामारीको मध्यनजर गदै बिश्व हिन्दु परिषदको जानकी नवमी सम्बन्धी भक्तजनहरुमा अपिल

  • वैशाख १५, २०७७
  • ३३६ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१५ बैसाख,सिरहा । प्राणघातक कोरोना महामारीको मध्यनजर गदै बिश्व हिन्दु परिषद नेपालले आफ्ना भक्तजनहरुमा अपिल गरेका छन ।

प्रत्येक बर्ष भव्यताका साथ सामुहिक रुपमा मनाउँद ैआएका श्री जानकी नवमी यसपालि सरकारको निर्दैशनको पालना गर्दै आ–आफ्नै घरमा बिगतको भन्दा पनि उत्साह एवंम उल्लासले मनाउन बैसाख १४ गते आईतबार जारि गरेको बिज्ञप्तीमा उल्लेख गरेका छन ।

बिज्ञप्तीमा,आफना भक्तजनहरुलाई जानकी नवमीको शुभकामना दिदैं ,हाम्रो प्यारो नेपाल पनि कोरोना महामारी सँग जुधिरहेको छ ।हामिलाई यस माथि बिजय प्राप्त गर्नु छ ।अतःहामिले सरकारको निर्दैशनको पुर्ण पालना गर्दै आफ्नै घरमा उत्साहजनक रुपले जानकी नवमी मनाउन अपिल गरेका छन ।

बिज्ञप्तीमा भनेका छन,२०७७ बैशाख २० गते हुने श्री जानकी नवमीको दिन बेलुकी ७ बजे सम्पुर्ण इष्टमित्र भक्तजनहरुले भगवानको प्रतिमा समक्ष दीप प्रज्वलन गरि ३ पटक ॐकारको उच्चारण गरि १३ पटक विजय महामन्त्रको जाप तथा भजन वा रामचरितमानसको आरती पाठ गरि जयघोष गर्न अपिल गरेका छन ।

साथै सु–स्वास्थय सुख प्राप्तीको लागि जगत जननी जानकी माताको आशिर्वाद सबैलाई प्राप्त होस भन्ने शुभकामना समेत गरेका हुन ।बिज्ञप्ती बिश्व हिन्दु परिषदका राष्ट्रिय अध्यक्ष टिका बहादुर पहारी र महासचिव जितेन्द्र कुमार सिहंले हस्ताक्षर गर्दै जारि गरेको हो ।vhp

 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...