सिरहाको बरियारपट्टी गाउँपालिकामा आज देखी राहत वितरण सुरु

  • वैशाख १५, २०७७
  • २६६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 संजय विश्वकर्मा लहान १५, बैशाख । सिरहाको बरीयारपट्टी गाउँपालिकामा सोमबार देखि विश्व – महामारी कोभिड – १९ कोरोना प्रभावित बिपन्न बर्गहरुका लागी राहत वितरण कार्य सुरु भएको छ । पहिलो चरणमा आज गाउँपालिकाको वडा नं. ४ र ३ मा राहत बितरण भएको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष संतोष कुमार महतोले जानकारी दिनुभयो । वडा नम्बर ४ मा पाँच सय ५० र वडा नम्बर ३ मा छ सय ६३ घरघरधुरीमा राहत बितरण भएको हो । बितरित रहातमा चामल २५ किलो , दाल ३ किलो , नुन २ पाकेट , चिनी २ किलो , खाने तेल २ लिटर , कपडा धुने साबुन २ पिस , नुहाउने साबुन २ पिस लगायत राहत वितरण गरेको जनाईएको छ । यसैबिच प्रति घर – परिवार २ जना रहेको दुईटै वडाका ८४ घरधरीहरुमा चामल १५ किलो , दाल २ किलो , नुन १ पाकेट , तेल १ पाकेट , चिनी १ किलो , कपडा १ पिस , नुहाउने साबुन १ पिस बितरण गरेको प्रमुख प्रसाशकिय अधिकृत अशोक कुमार सिंहले बताए । सामाजिक दुरी कायम गर्न शस्त्र प्रहरी बलका प्रहरी जवान, स्वयम सेवक , कर्मचारी लगायत स्थानिय जन –प्रतिनिधिहरु खटिएका थिए । राहत बितरण गर्दै गाउँपालिाका अध्यक्ष महतेले भने सरकारले २०७६ चैत्र १९ गते जारी गरेको निर्देशिका अनुसार नै गाउँपालिकामा राहत बितरण गरीएको हो भन्दै उनले भने प्रदेश सरकारबाट १० लाख र गाउँपालिकाबाट १ करोड ५० लाख रुपैया राहत सामग्री खरिदका लागी छुट्टयाईएको छ । हामी बास्तबिक बिपन्नवर्गको पहिचान गरी राहत बितरण गरीरहेको छै ,यदि बास्तबिक बिपन्नवर्ग छुटेको छ भने गाउँपालिकामा सम्पर्क गर्न उनले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...