कोरोनाका कारण कुनै नागरिक भाेकै बस्न नपराेस । नेका:सभापति श्रेष्ठ ।

  • वैशाख १४, २०७७
  • ३२१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सुमन महतारा गुल्मी । बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण विभिन्न स्थानमा रहनुभएका गुल्मीवासीहरु भाेकै बस्न नहुने र नागरिकमा पुगेको असुविधाप्रति नेपाली कांग्रेस गुल्मीले गम्भिर ध्यानाकृष्ट भएकाे बताएको छ। बिशेष गरी जिल्लाबाट काठमाडौँ लगायतका स्थान अध्ययन् लगायतको सिलसिलामा पुगेकाहरुले जिल्लामा आउन नसकिरहेको तथा त्यहाँ पनि समस्या भइरहेको जनाएपछि यसप्रति कंग्रेस गुल्मीले ध्यानाकृष्ट गरेको हो। शनिबार एक ध्यानाकर्षण पत्र जारी गर्दै नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले कुनै पनि कारणले काठमाण्डौँमा रहन समस्या हुने गुल्मीवासीहरुका लागि गृह जिल्ला प्रवेशमा कुनै कठिनाई नरहेको उल्लेख गर्नुभएको छ।

gune तर यात्रुको सामान्य स्वास्थ्य चेकजाँच भई आवश्यक लागेमा स्थानीय क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन समेत उहाँले आग्रह गर्नुभएको छ। श्रेष्ठले काठमाण्डौँमा रहँदा खर्च अभावमा खाद्यान्नको समस्या परेका गुल्मीवासीको सन्दर्भमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारी र नेपाली कांग्रेस गुल्मी काठमाण्डौँ सम्पर्क समितिसँग नेपाली कांग्रेस गुल्मीको संस्थागत सहकार्य भइरहेको समेत अवगत गराउनुभएको छ। श्रेष्ठले यो बिषम परिस्थितिमा खाना खानबाट कुनै नागरिक बञ्चित हुन नपर्ने पटक–पटकको सरकारी प्रतिवद्धताले मुर्तरुप नपाउनु आफैमा खेदजनक रहेको समेत उल्लेख गर्नुभएको छ। सभापति श्रेष्ठले यस बिषम घडीमा नागरिक सेवामा समर्पित गरी काठमाण्डौँ सम्पर्क समिति लगायत सबै सामाजिक संघसंस्था र व्यक्तिलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ। सभापति श्रेष्ठले काेराेना भाइरल नियन्त्रणका लागि नेपाल सरकारले लगाएको लकडाउँन लाई पुर्ण रुपमा पालन गरिरहन आग्रह समेत गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...