गोलबजारमा झडप राहत बितरण होईन, भाईरस सार्ने काम गरेको स्थानियको कथन

  • वैशाख ६, २०७७
  • ८६१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

संजय यादव, बैषाख,०६ सिरहाको गोलबजार नगरपालिकामा राहत वितरणमै झडप भएको छ । गोलबजार नगरपालिका वार्ड नं १० का वडा अध्यक्ष देवनारायण महतोको संयोजकत्वमा रहेको सर्वदलिय सर्वपक्षिय समितिले निर्देशिका र मापदण्ड विपरित गोलबजार नगरपालिका वार्ड नं १० तामांग टोलमा राहत वितरण गर्न लाग्दा बिवाद भई झडप भएको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । राहत पाउनुपर्ने गरीब, दैनिक मजदूरी गर्ने मजदूरहरुले नपाई हुनेखाने सम्पन्न परिवारले समितिको अगुवा पछुवा गर्नेहरुले पाउन लाग्दास्थानियहरुले रोक्न खोज्दा झडप भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । वडा अध्यक्ष महतोलाई समेत स्थानियहरुले हातपात गर्न खोज्दा प्रहरीले सामान्य बल प्रयोग गरी झडपलाई साम्यपारी सम्भावित ठूलो दुर्घटना हुनबाट जोगाएको प्रहरीको भनाई रहेको छ 


राहत वितरणमा वडा अध्यक्षले नै लकडाउनलाई ब्यापक उलंघन गरी नसामाजिक दूरीको ख्याल रहेको थियो नअधिकाँसले माक्स पनि नलगाएको ठूलो जमघट नै बनाएको प्रत्यक्षदर्शीहरुले बताए ।
कारोना भाईरस कोभिड १९ को महामारीको कारण सरकारले १५ गते बैषाख सम्म देश नै लकडाउन गरेको छ । लकडाउनले खासगरी गरीब, बिपन्न, दैनिक मजदूरी गर्ने बढी प्रभावित भएपछी सरकारले त्यस्ता ब्यक्तिहरुलाई अबिलम्ब राहत वितरण गर्नु भनेर निर्देशन दिसकेको अबस्था छ । स्थानिय एक जना शिक्षकले यो राहत बितरण होईन, कोरोना भाईरस सार्ने काम गरीरहेको बताए । वडा नं १० मा हाल तत्कालका लागि राहत वितरण स्थगित भएको र नियम संगत नै राहत वितरण गरेको वडा अध्यक्ष महतोले बताए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...