सरकारको राहत बिपन्न बर्गको उपभोग्ता सम्म आउँदा आउँदै आधा हुन्छः–केन्द्रिय सदस्य यादव

  • चैत २९, २०७६
  • ४२३ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷२९ चैत्र,बिष्णुपुर सिरहा ।कोरोना जोखिमको कारण आम बिपन्न समुदायमा परेको असरलाई मध्यनजर गरि सरकारले तयार गरेको राहत बिपन्न पिडितसम्म आउँदा आउँदै आधा भएको नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य देव कुमार यादवले बताएको छ ।

केन््िरद्रय सदस्य यादवले राहत पाउनु पर्ने पिडितहरुलाई प्रति घर धुरिलाई पर्ने राहत बराबरको रकम नै उपलब्ध गराउँदा कोरोना जोखिम बाट संकटमा परेको बिपन्न परिबारहरुले आधा राहत पाईरहेको अबस्था नआउने जनाएका छन । उहाँले बिपन्न परिबारको लागि छुटयाएको रकमले ठिकदारहरुले खाद्दान्न सामग्रि किन्दा कमिसनको चलखेल हुनुका साथै राहत प्याकेजमा पनि कम प्याक गरेको कारण भोकमरी पिडितहरुले आधा राहत मात्र पाएको गुनासो गरेका छन ।

उहाँले कतिपय स्थानिय तहहरुले किन्ने खाद्द सामग्रि चामल, दाल,नुन,तेल लगात अन्य सामग्रिहरु कुहिएको र मिति समाप्त भएको राहत सामग्रि बितरण भैरहेको पाएको बताए । उहाँका अनुसार तराई मधेश अन्नको भण्डार भएकोले राहत पाउने पिडितलाई रकम नै उपलब्ध गराउँदा उनिहरुले घरायसि आवश्यकताका हिसाबले गुणस्तरिय समान खरिद गरि उपभोग गर्न सकिने र यसले समुदायमा भिडभाड समेत नहुने भई कोरोना सन्त्रासको समयमा स्वस्थकर हुने बताए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...