राहतको नाममा चन्दा उठाई बियर दारु खान्छन युवाहरुः–मेयर श्रवन यादव

  • चैत २९, २०७६
  • ३७७९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स बिष्णुपुर सिरहा । कोरोना चोखिम बाट बच्न सरकारले जारी गरेको लकडाउनलाई उलघंन गर्दै राजनितिक आडमा यहाँका युवाहरु यस नपाभित्र राहतको नाममा चन्दा उठाई बियर दारु खाने गरेको मिर्चैया नगरपालिकाका मेयर श्रवन यादवले बताएका छन ।
सिरहाको मिर्चैया नगरपालिका वडा न.२ मल्हनियाखोरीमा राहत वितरणको बिषयलाई लियर सोमबार भएको दुईतर्फि झडप पश्चात चैत्र २५ गते मगंलबार पत्रकार सम्मेलन गर्दै मेयर यादवले यहाँका युवाहरु राहतको नाममा चन्दा उठाई बियर दारु खाएको आरोप लगाएको छ ।
मेयर यादवले यस नगरपालिका भित्र एक हप्तादेखि यहाँका युवाहरुले राहत वितरणको नाममा दश हजार,बिस हजार चन्दा उठाउने र सो बाट केहि वितरण गर्ने र केहि रकमको बियर दारु खाने गरेको सुचना हामिले सम्बन्धित निकायमा दिदाँ आक्रोशमा झडप गरेको आरोप लगाएको हो ।
उहाँले लकडाउन भएसगैं सरकारले राहत बितरणको लागि बनाएको एक द्धावार प्रणालि मापदण्ड अनुसार वडा न. एकमा बितरण गरेको राहत बिपन्नहरुलाई धम्कि साथ फिर्ता गर्न लगाएको आरोप समेत लगाए । बिपक्षि हरुको डरले राहत फिर्ता गरेको बिपन्नहरुले रुदै आफुहरु गाँसको जोखिममा रहेको बिन्तीलाई स्पष्ट रुपले बुझेको जनाए ।
उहाँले लकडाउनको समयमा पनि अनावश्यक रुपले एउटा मोटरसाइकलमा चार चार जना चढेर घुम्ने र झगडा गर्ने युवाहरु प्रति चिन्त जताउँदै कोरोना महामारीको बिषम प्रस्थितीमा यस्ता गतिबिधि गर्ने युवाहरुलाई कानुनी दायरामा ल्याउन नसक्नु यहाँको प्रशासन सरोकारबलाहरुको त्रुटि रहेको धारना प्रष्ट गरे ।
सुरक्षा निकायको हरेक क्षेत्रमा राहत बितरणको सम्बन्धमा जानकारी गराईरहदा बितरणको समयमा असहज प्रस्थितीको सृजना हुनु दुःखद रहेको बताए ।
उहाँले कानुनी राज्यले ल्याएको नियम कानुनको पालना नगर्नु आफुलाई सरोकारबला निकाय माथि पनि संकोच लागेको बताए ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...