ज.ब.मा.बि बर्छावा मा पनि अनलाइन कक्षा संचालनमा

  • चैत २८, २०७६
  • ७५४ पटक पढिएको
  • सतेन्द्र यादव
alt

चैत २८ बिष्णुपुर सिरहा । विश्वभर महामरिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणको त्रासले यति बेला शिक्षा क्षेत्र पनि प्रभावित बनेको छ ।

सरकारले भिडभाड नगर्ने तथा शैक्षिक गतिविधि बन्द गर्न निर्देशन दिएपछि पठनपाठन बन्द रहेको अवस्थामा देशको विभिन्न सामुदायिक तथा निजि बिधालयहरुले अनलाइनबाट नै पठनपाठन शुरु गरिएको छ ।

देशका विभिन्न बिधालयहरुले अनलाइन कक्षा संचालन भइरहँदा सिरहाको नरहा गाउँपालिकामा रहेको श्री जनता बनवाली नमूना माध्यमिक बिधालय (प्राबिधिक ) बर्छावा नरहाले पनि अनलाइन कक्षा संचालनमा ल्याएको छ ।

ज.ब.मा.बि बर्छावाले आइतबार देखि प्राबिधिक कक्षा T9 ,T10 T11 ,T12 लाई लक्षित गरि अनलाइन कक्षा संचालनमा ल्याएको हो । कक्षा को सम्पुर्ण बिद्यार्थीहरुलाइ अनलाइन मा सहभागी गराएर पठनपाठन थालेको ज. ब. मा. बि. का प्रशिक्षक इन्जिनियर मिथलेश कापरले जानकारी गराए ।

आउने दिनमा अनलाइन कक्षा संचालन लाई अझै प्रभावकारी र अन्य कक्षाहरुको लागि पनि अनलाइन कक्षा संचालन ल्याउने योजनामा रहेको प्रशिक्षक इन्जिनियर कापरले बताए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...