लकडाउनमा अलपत्र परेका नागरिक को समस्या समाधान गर्दे : नेता यादव

  • चैत २६, २०७६
  • ३६२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 विराटनगर : विश्वभर महामारीको रुपमा फेलिएको नोबल कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न नेपाल सरकारले देश लकडाउन गरेको छ । लकडाउन भएपछी एक ठाउँबाट अर्काे ठाउँ जान बन्देज लगाइएको छ । जनताको सुरक्षाको निम्ती सरकारले गरेको लकडाउनबाट भने विभिन्न स्थानमा रहेका नेपालीहरु प्रभावित बनेका छन् । यही लकडाउनले भने कतीपय नेपाली जनता सिमामा फसेका छन् भने कतीपय अन्य ठाउँहरुमा । लकडाउन भएसंगै प्रदेश नम्बर एकको राजधानी रहेको विराटनगरमा पनी विभिन्न स्थानबाट आएका जनताहरु अलपत्र परेका छन् । विभिन्न कामले राजधानी आएकाहरु अचानक लकडाउन हुदा अलपत्र परेका हुन ।

लकडाउनमा फसेर आफनो घर जान नपाउँदा जनताहरुलाई खानबस्न सकेत समस्या भइरहेको कुरा बाहिरिन थालेको छ ।यस्तो वेला मा समाजवादी पार्टी नेपालका युवा नेता तथा समाजसेवी राकेश रोशन यादव अलपत्र परेकाहरुलाई मद्दत गर्ने अगाडि आएका छन् । नेता यादवले आफनो फेसबुकमा स्टाटस लेख्दै अलपत्र परेकाहरुलाई निःशुल्क बासको व्यवस्था मिलाउने बताएका छन् । उनले लकडाउनको कारणले बिराटनगर वा आसपासको क्षेत्रमा, बाँस बेगर अलपत्र पर्नु भएको छ भने हामी तपाईलाई निशुल्क बासस्थान उपलब्ध गराउछौं भनेर सार्वजनिक रुमपै लेखेका छन् । उनले सञ्चालन गर्दै आएका हाम्रो नेपाल होस्टलमा अलपत्र सबैलाई राख्ने व्यवस्था मिलाएको जानकारी दिए ।rk

नेता यादव विगत लामो समय देखी नेपाली राजनितीमा संघर्ष गर्दै आएका र राजनितीलाई बुझेका व्यक्ती हुन । राजनिती संगै समाजसेवामा सकृय रहेको यादवले विभिन्न समयमा दिनदुखीहरुलाई सहयोग गर्दै आएका छन् । विगत लामो समय देखि विराटनगर बस्दै आएका यादव राजनिती संगै स्कुल र होस्टल सञ्चालन गर्दै आएका हुन । निस्वार्थ भावनाबाट माथि उठेर काम गर्दै आएका यादव विराटनगरको युवाहरुको लागि लोकप्रिय पात्रको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...