एक दलित एक माक्स , एक साबुन" अभियान लिएर दलित बस्ती पसे प्रदेश २ का सांसद

  • चैत २४, २०७६
  • ३३० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 मनोज यादव---- सर्लाही ,चैत्र २४ गते । सर्लाहीबाट निर्वाचित प्रदेश न-२ का एक जना सांसद माक्स र साबुन लिएर दलित बस्तीमा पसेका छन् । सर्लाही क्षेत्र न-२,ख बाट निर्वाचित हुनुभएका प्रदेश सभा सदस्य एवं प्रदेश मामिला सभापति अशोक यादव आफ्नो व्यक्तगत खर्चमा " एक दलितलाई एक मास्क एक साबुन" अभियान लिएर दलित बस्तीमा पसेका हुन।

कोरोना भाइरसको संक्रमणबाट जोगिन स्थानीय नागरिकबाट मास्क र साबुनको उच्च माग भएसँगै स्थानीय क्लब , विभिन्न समूहका सदस्य तथा स्थानीय युवा नेताहरुको एउटा टिम बनाएर सोमबार देखि प्रदेश सभा सांसद यादव सर्लाहीका विभिन्न स्थानीय तह अन्तर्गतका गाउँका दलित बस्तीहरुमा पुगेर प्रति ब्यक्ति एउटा माक्स र साबुन वितरण गर्न सुरु गरेको उहाँका सहकर्मी सोहन कुमार झाले बताएको छ ।

` आफ्नो क्षेत्रका अति विपन्न दलित समुदायका नागरिकहरुबाट हामीलाई मास्क र साबुनको आवश्यकता भयो, उपलब्ध गराइदिनुपऱ्यो भन्ने आवाज उठेको र आफुले पनि त्यस्ता समुदायलाई माक्स र साबुनको अती आवश्यक रहेको महसुस गरेपछि आफ्नो व्यक्तिगत खर्चबाट ती सामानको जोहो गरेर उनीहरुको घरघरमै पुगेर " एक दलितलाई एक मास्क एक साबुन"अभियान चलाएर उनीहरूको घरदैलोमै पुगेर वितरण सुरु गरेका हौँ ।’यादवले बताउनुभयो। प्रदेश सांसद यादवले यसभन्दा पहिले प्रदेश न-२ को सरकारले स्थापना गरेको कोरोना राहत कोषमा आफ्नो एक महिनाको तलब प्रदान गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...