विराटनगर दूग्ध प्लाण्ट पूर्ण क्षमतामा सञ्चालन आयोजना प्रमुख यादव

  • चैत २४, २०७६
  • ४२८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 विराटनगर, २४ चैत । लामो समय सम्म लकडाउन भएका कारण दूग्ध कृषकहरुको दुध विक्री नभई खेर जाने भएकाले पाउडर प्लाण्टलाई अधिकतम क्षमतामा सञ्चालन गरिएको विराटनगर दूग्ध वितरण आयोजनाका निमित्त आयोजना प्रमुख गणेश कुमार यादवले जानकारी दिनुभयो ।

 विश्वभरीनै कोरोना भाइरसको संक्रमण फलिएसंगै नेपालमा पनि लकडाउन घोषणा गरे पछि अधिकांश दुध डेरीहरु बन्द जस्तै भएका छन् ।तर, लकडाउनका कारण मिल्क होलीडे हुन नदिन विराटनगर स्थित विराटनगर दूग्ध वितरण आयोजनाले भने पाउडर प्लाण्टलाई पूर्ण क्षमतामा सञ्चालन गरेको यादवले जानकारी दिनुभयो सो आयोजनामा लकडाउन हुनु अघि दैनिक २५ देखि ३० हजार लिटर दूधको पाउडर बनाउने गरिएको थियो तर यतिवेला दैनिक ७५ हजार लिटर दूधको पाउडर बनाउने गरिएको छ ।gane 1

 

लकडाउनका कारण निजी डेरीहरुले दूध नलिने गरेकाले यतिवेला विराटनगरमा दूधको आपूर्ति बढेको छ । विराटनगरको पाउडर प्लाण्टमा पूर्व क्षेत्रका साथै पश्चिम ढल्केवर, हेटौडा र बुटवल सम्मबाट ल्याइएको दूधको पाउडर बनाउने गरिएको छ ।

 

विराटनगरमा दैनिक ४० हजार लिटर दूध पूर्व क्षेत्रबाट आउने गरेको छ भने पश्चिम क्षेत्रबाट २५ हजार लिटर दूध थपिएको छ । पाउडर दूधको मौज्दात अधिक भएपछि राख्ने ठाँउको समेत अभाव हुन थालेको छ ।

५ हजार लिटर प्रतिघण्टा पाउडर दूध बनाउने क्षमता रहेको विराटनगरको पाउडर प्लाण्टलाई चौबीसै घण्टा सञ्चालन गर्ने गरिएको निमित्त आयोजना प्रमुखले जानकारी दिनुभयो । सो प्लाण्टले दैनिक निजी डेरीको ५ हजार लिटर दूधको समेत पाउडर बनाइदिने गरेको छ ।

 

चैत महिना देखि भदो महिना सम्म कम दूध उत्पादन हुने अर्थात लिन सिजन मानिन्छ । तर लकडाउनका कारण विराटनगरमा प्रशस्त दूध रहेको सो योजनाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...