लहान महोत्सव बन्यो सुनसान, यस्तो छ कारण

  • चैत्र ३०, २०७५
  • ११५ पटक पढिएको
  • मनोज बनैता
alt

सिरहा/ ‘हाम्रो लहान, समृद्ध लहान’ नारा दिएर शुरु भएको लहान महोत्सब दिन दिनै सुक्दै गएको कुरा स्थानीय बताउछन् । यस महोत्सवमा आफ्नोपन छैन भने नागरिक आवाज उठ्न थालेको छ ।

शुरुवातकै दिनदेखि स्थानीयको मन झस्केको यो महोत्सवमा दिनानुदिन हेर्नेको भिड कमहुदै गरेको छ । उद्घाटनको दिन स्थानीयलाई खुशी पार्न उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र साँसद लिलानाथ श्रेष्ठले विशुद्ध मधेशी मैथली भाषामा उद्घाटन भाषण दिएका थिए । प्रदेश साँसद लगनलाल चौधरी र आयोजक मेयर मुनी साहले मन्त्री र साँसदलाई खुशी पार्न नेपालीमा भाषण गरेका थिए ।

१५ दिनको लागि सँचालन गरिएको लहान महोत्सवमा स्थानीय भाषी कलाकार उदीतनारायण झा, मुरलीधर, गुरुदेव कामत, सँजीव चौधरी, शम्भु चौधरी, डा। अभाष लाभलगायत दूई दर्जनलाई बेवास्ता गर्दै बाहिरीया कलाकारलाई मँचासन दिएका थिए । बाहिरीया कलाकारहरुले महोत्सवमा स्थानीयलाई आफ्नोपन दिन प्रयास गरेका छन् । तर, स्थानीय भाषाभाखा दिन नसक्दा दर्शकहरु हुटिँग गर्दै आएको छ । उनीहरुले नेपालीमा हिन्दी मिक्स गरेर प्रदर्शन गरिरहेको छ भने भोजपुरी जस्तो अश्लिल गीत दिएर काम चलाइरहेको अवस्था छ ।

चालिस लाखको लगानीमा गरिएको लहान महोत्सवले के सन्देश दिने हो रु यत्तिबेला मेयर मुनी साहसँग स्थानीय जनताले माग अघि सारेको छ । मुनी साह मौन रथमा सवार भइ अर्ध मुस्कान दिई जनता रुझाउन ब्यस्त भएको देखिन्छ । महोत्सव भनेको स्थानीय चिजवस्तु कलासँस्कृतिलाई पहिचान दिनु हो । स्थानीय उत्पादनलाई प्रचार गर्नु हो । निर्यातको लागि माहौल बनाउँनु हो । आयातलाई निरुत्साहित गर्नु हो । तर, मेयर मुनी साहको राज्यमा ठीक विपरित भइरहेकोले स्थानीय जनता भन्छन् ‘लहान महोत्सव के महोत्सव रु जहाँ आफ्नोपन छैन ।

महोत्सवको परिणाम यस्तो बन्दै गएको छ । तीन सय स्टल लगाउँने भनिएपनि एक सय स्टलसम्म भरिभराउ छैन । दूई सय स्टल खाली रहेको छ भने साना व्यापारीलाई छिर्न दिएको छैन । चैत्र २५ देखि बैशाख १० सम्म यो महोत्सव चल्ने भएको छ जसमा आज पाचौं दिन मात्र १०० को हाराहारीमा दर्शक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

क्यामपस प्रमुखले ब्र ...

 सिरहा । सिरहाको पश्चिमी उत्तर तथा मध्यवर्ती क्षेत्रका उच्च शिक्षाको लागि छटपट्टिएका विपन्न जनत ...

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...