अझै पनि निद्रा मै छन् जनक नन्दनी गाउँपालिका प्रमुखहरु

  • चैत १७, २०७६
  • ३१० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

इन्द्रजित गोइत धनुषा    नेपाल सरकारले लगाएको LOCK DOWN को नियम गाउँ भित्रका जनता ले जसो तसो पालन गरे पनि गाउँपालिका का वरिष्ट मेयर ,उप मेयर ,वडा अध्यक्ष,हरुले कोरोना भाइरस अर्थात् LOCK DOWN लाई मजाक साथै यस प्रति कुनै किसमको चासो न देखाएको स्पष्ठ देखिन्छ।

धनुषा काे जनकनन्दनी गाउँपालिका भारत संग सिमाना जोडिएको हुनाले कोरोना भाइरसको उच्च जोखिममा पर्ने गाउँ अन्तर्गत पर्दछ। सरकारी नीति र निर्देशनहरुको पालना गरेनौ भने हाम्रो गाउँ र देश को हालत चीन र इटाली को भन्दा अझ दर्दनाक हुनेछ। बुद्धिजिवि जनता हरुमा आग्रह गर्न चाहन्छौ फोटो को फ्रेम मा सजिनु भन्दा केहीदिन घरमै बस्नु उत्तम हुन्छ। गाउँपालिका का वरिष्ट मेयर,उपमेयर,वडा अध्यक्ष हरु सँग हामी एउटा गाउँलेको तर्फ बाट प्रशन गर्न चाहन्छौ।

* कोरोना भाइरस बाट बचौ र वचाउ अभ्यान कुनै किसिमको राजनीतिक र आर्थिक आम्दानी न हुने भएका ले हाम्रा वरिष्ट नेतागण हरुले यसप्रति चासो नदेखाएका हो की ??? हैन भने यस्तो ठूलो महामारी लाई बेवास्ता गरी मौन धारण मा बस्नुको कारण के ??? प्रत्येक दिन भारतीय सीमा भएर मानिस गाउँ वित्रिएकै छन् , गाउँमा सामूहिक बजार लागेकै छन्

, यति मात्रै कहाँ हो र गाउँमा केही बेगती लाई रुघा खोकी ज्वरो अर्थात् कोरोना को आशंका गरी गाउँपालिका मेयर-उपमेयर र वडा अध्यक्ष हरु लाई जानकारी गराउँदा पनि किन केही चासो न देखाउनु भएका हाम्रा महान गाउँपालिका प्रमुख र वडा अध्यक्ष ज्यू हरु ले??? ,के यही हो त LOCK DOWN??? यही हो त गाउँपालिका को सुरक्षा व्यवस्था ??? गाउँका महान नेता हरुलाई ध्यान आकर्षण गराउन।। चाहन्छौ ,गाउँले हरुले तपाईंहरूलाई खुर्सि मा बस्न लाई भोट दिएका छैन गाउँमा आइपरेका यस्ता समस्या प्रति चासो दिनुस् आग्रह गर्न चाहन्छौ कोरोना भाइरस लाई मजाक मा न लिनुहोस हैन भने गाउँ र देशका मान्छे लाई फोटो फ्रेममा सजिन समय लाग्ने छैन।।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...