अदालतको आदेशपछि सिरहा काराकागारको २१ जना कैदीलाई रिहा

  • चैत १६, २०७६
  • ५६५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा : अदालतको आदेशपछि सिरहा काराकागारले २१ जना कैदीलाई रिहा गरेको छ । भिडका कारण कोभिड १९ संक्रमण जोखिमलाई मध्यनगर गर्दै सर्वोच्च अदालतले एक वर्षभन्दा कम कैद भुक्तान बाँकीरहेका कैदिहरुलाई बाँकी कैद बरावर जरिवाना लिएर छोड्न आदेश दिएपछि आजसम्म २१ जनालाई छोडेका हुन् ।

विश्व नै कोभिड १९ को संक्रमणले आक्रान्त भएको बेला कारागारहरुमा पनि संक्रमण फैलिन सक्ने विषयलाई लिएर सर्वोच्च अदालतको आदेशपछि प्रकृया पुर्याएर छोडिएको जेल प्रमुख बविता महतोले जानकारी दिए । क्षमताभन्दा धेरै कैदिवन्दि रहेको सिरहा कारागारमा पछिल्ला केहिदिनदेखि आफन्तहरुसँगको टेटघाटमा समेत प्रतिवन्ध लगाएके प्रमुख महतोले जानकारी दिए ।

पुरुष एक सय ३५ र महिला १५ सहित एक सय ५० कैदि वस्न सक्ने क्षमता भएको कारागारमा ५ सय ६१ जना कैदिवन्दिहरु रहेका थिए । २१ जना छुटेपछि अहिले ५ सय ४१ जना रहेका छन् । यो क्षमताभन्दा तेब्बर कैदिवन्दि हो । सभारःद नेपालटप

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...