कोरोना सँगको लडाईमा बिष्णुपुर गाउँपालिकाको चौतर्फी सतर्कता

  • चैत १४, २०७६
  • १४१५ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१४ चैत्र,बिष्णुपुर सिरहा ।संसारको हरेक कुना कप्चामा कोरोनाको कहर छाइरहेको बेला सिरहाको बिष्णुपुर गाउँपालिकाले चौतर्फी सतर्कता अपनाएको छ ।


गाउँपालिकाले महमारीको रुपमा फैलिरहेको कोरोना सँगको लडाईमा जित हासिल गर्न नेपाल सरकार द्धारा जारि गरिएको लकडाउन निर्देशनलाई आम बिष्णुपुर गाउँबासिहरुले कडाईको साथ मानदिनु हुन अपिल समेत गरिएको छ ।


मानबिय स्वास्थयको मध्य नजर राख्दै कोरोना महामारी बाट बच्नको लागि देश बाहिर तथा बिदेश बाट आएकाहरुको लागि बिष्णुपुर गाउँपालिका स्थित जनता मा.बि गौरिपुरमा क्वारेनटालको ब्यब्स्था गरि त्यसमा बस्नेहरुको खानापिन समेतको व्यबस्था गरेको गाउँपालिका अध्यक्ष जागेश्वर यादवले बताउनुभयो ।cdk


उहाँले क्वारेनटाइलमा बसेकाहरुको लागि बिष्णुपुर गाउँपालिकाको स्वास्थय कर्मचारीहरु जिम्मेवारिका साथ खटिरहेको र यहाँको सुरक्षा व्यबस्था पनि कडा रहेको बताउनुभयो ।


अध्यक्ष यादवले ब्यतिmगत सरसफाईका साथसाथै कोरोना जस्तो जानलेबा महामारी समाजमा छिर्न नदिन मास्क,साबुन र सेनिटाईजर गाउँपालिकाको प्रत्येक वडामा बितरण गरेको जानकारी समेत गराउनुभयो ।
उता गाउँपालिको हरेक वडा अध्यक्षहरुले पनि सुरक्षित रहन ब्यतिmगत सरसफाइका सामानहरु बितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...