काेरोना देखिएको १ सय ६२ देशमध्ये नेपाल मात्र हरियो सूचीमा

  • चैत ४, २०७६
  • १५४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

काठमाण्डाै – चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण अहिलेसम्म एक सय ६२ देशमा पुगेको छ ।

यस्तै जापानको योकोहामा बन्दरगाहमा पुगेको पानीजहाजमा पनि कोरोनाको सङ्क्रमण भेटिएको छ । यी सबैमध्ये नेपालमा मात्रै कारोना देखिएका शत प्रतिशत बिरामी निको भएका छन् र थप अरुमा कोरोना देखिएको छैन । जसका कारण नेपाल मात्र हरियो सूचीमा परेको छ ।

कोरोनाका कारण अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् । ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

कोरोनाको तथ्याङ्क दिइरहेको वर्ल्डाेमिटर ले अहिलेसम्म नेपाललाई मात्र हरियो रङ्ग लगाएको छ । हरियो रङ्गको मतलब ‘अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका व्यक्ति निको भएकाे र अरु सङ्क्रमित नभएकाे’ उल्लेख गरेको छ ।

यसअघि मकाउ, जिब्राल्टार लगायतका देशलाई पनि सूचीमा हरियो रङ्गमा राखिए पनि अहिले कोरोना प्रभावित देशमा नेपाल मात्र नयाँ कोरोना सङ्क्रमित नभेटिएकाे देश भएकाे हाे । 

कोरोना फैलिएको १ सय ६२ देशमा अझै पनि कोही न कोही सङ्क्रमित भेटिएको वा यसअघि सङ्क्रमण भेटिएका व्यक्तिकाे ज्यान गएको भए पनि नेपालमा दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएको छैन । उज्यालोबाट 

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...