बैज्ञानिक बन ब्यवस्थापनका लागी यहि चैत ४ गते देखि रुख कटान गर्ने

  • चैत १, २०७६
  • १२७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

उर्मिला यादव

सुनवल चैत १ पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ११ मा अवस्थित श्री डम्मरभार सामुदायिक बनउपभोत्ता समुहले बैज्ञानिक बन ब्यवस्थापनका लागी यहि चैत ४ गते देखि रुख कटान गर्ने भएको छ । श्री डम्मरभार सामुदायिक बनउपभोत्ता समुह सुनवल ११ मिश्रौलीले आज पत्रकार सम्मेलन गरी सो बारे जानकारी दिएको हो ।

बैज्ञानिक बन ब्यवस्थापनका लागि यहि चैत्र ४ गते देखि सुरु हुने रुख कटानमा १ सय ७१ वटा रुख कटान हुने श्री डम्मरभार सामुदायिक बनउपभोत्ता समुहका अध्यक्ष टंकनाथ पराजुलीले जानकारी दिनु भएको छ । जसमा पुनरुत्पादन कटान गर्ने सबकम्पार्टमेण्ट c1s3 मा यस बर्ष ४७ वटा रुखहरु कटान भएका हुन।जसमा कुल रुख संख्या सात सय ३९ वटा रहेका छन भने माउ रुख संख्या दुई सय ६५ वटा रहेका छन जसमा c1s3 मा कुल चार सय ७४ रुख कटान हुने भएको हो । जसमा कटान हुने माउ रुखको औषत दुरी ३५÷३५ मिटरको फरक हुने अध्यक्ष पराजुलीले जानकारी दिनु भएको छ । यस्तै गरी पुनरुत्पादन कटान गर्ने सब कम्पार्टमेण्ट c2s2 मा कुल रुख १ हजार ८ सय ८९ वटा रहेका छन जसमा कटान गर्ने रुख संख्या एक हजार दुई सय ४३ वटा रहेका छन भने प्रत्येक बर्ष एक सय २४ वटा रुख कटान गर्ने संस्थाका अध्यक्ष पराजुलीले जानकारी दिनु भएको छ ।

यस्तै गरि कटान हुने माउ रुखको औसत दुरि २२/२२ मिटर फरक रहनेछ भने कटान गरिएका रुखहरु २५ प्रतिशत बनबिकास , ३५ प्रतिशत गरिब लक्षितका लागि छुटटयाइएको छ भने बाकी सामाजिक बिकासका लागी प्रयोग गरीने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सुनवल नगरपालिका वडा नम्बर ११ को मिश्रौली, भडरी , धुर्काेट फेदी , वडा नम्बर १२ को हरकटटा तथा रामग्राम नगरपालिकाको वडा नम्बर १३ को पाडाटिकर , कुनुवार, र कन्चना क्षेत्र समेटेर रहेको यस डम्मर भार सामुदायिक बनबाट एक हजार एक सय ५६ घरधुरी लाभान्बित रहेका छन । सुनवल नगरपालिका वडानम्बर ११ को पुर्व बसन्त सामुदायिक बनको सिमानामा रहेको भालु खोला, खेकडा खोला, पश्चिममा कोटही सामुदायिक बनको सिमानामा रहेको अधेरी खोला देखि पश्चिम तर्फको घोला, उत्तरमा चुरे क्षेत्रको राष्ट्रिय बनको सिमाना र दक्षिणमा मिश्रौली गाउ र घोला क्षेत्र सम्मको सिमाना रहेको यस बनको कुल क्षेत्रफल ३५९.९५ हेक्टर रहेको छ भने ३३५.५३ हेक्टर बिरुवा उत्पादनशील क्षेत्र रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

डम्मरभार सामुदायिक बनमा साल , अस्ना, जामुन, क्यामुना , सिसौ , टिक ,हर्राे , बर्राे अमला , र कुरिलो रहेको छ जसमा कम्पार्टमेण्ट संख्या दुइ रहेको छ भने अज्ञ मा ३ र अद्द मा ८ रहेका छन । कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष देवीलाल डुम्रे , वडा नम्बर ११ का वडा सदस्य इन्द्रमणी पाण्डे , ११ कै वडा सदस्य दामोदर लामिछाने , डम्मरभार सामुदायिक बनउपभोत्ता समुहका उपाध्यक्ष टेक नारायण यादव , नेपाल युवा परिषद प्रदेश सदस्य कृष्ण पाण्डे , लगायत डम्मरभार सामुदायिक बनउपभोत्ता समुहका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो । डम्मरभार सामुदायिक बनउपभोत्ता समुहका अध्यक्ष टंक नाथ पराजुलीको अध्यक्षता तथा सब डिभिजन बन कार्यालयका प्रमुख रबिन्द्र कुमार जिसीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...