रोशनी’मा नायिका कसिस कसिए

  • पुस १७, २०२६
  • १५८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान, १३ चैत्र । नेपाली चलचित्रमा यत्तिबेला कसिस दाहाल रोशनीको जस्तो अग्रसर भइरहेकीछीन् । यसैले बुटवलमा सुटिँगको तयारीमा कसिस रोशनीको नामबाट रोशनी चलचित्रमा सक्रिय भएकी छीन् । प्रेम कथामा आधारित चलचित्र रोशनीको शुभमुहुर्त आज काठमाण्डौंको भद्रकालिमा भएको छ । चैत्र १४ गतेदेखि बुटवलको प्राकृतिक रंगिन शहर र गाउँ परिवेशमा सुटिँग चल्ने भएको छ । आधुनिक युगसँगै समाजिक विकृति विरुद्ध बुलन्दी आवाज उठाइएको ‘रोशनी’ चलचित्रमा अन्तरजाती प्रेमको कारण नायिका कसिसले भोग्नुपरेको पीडालाई चित्रण गरिएको छ । रोशनीको नामले कसिसलाई यस चलचित्रमा चित्रण गरिने भएको छ । दिक्षान्त मुभिज क्रेशनको व्यानरमा निर्माण हुन लागिएको ‘रोशनी’को निर्देशन खुम सुनार रहेका छन् । कलाकारहरुमा दीपक पाण्डे, रमेश आबजु, सुभाष परियार, उज्जवल गिरी, मेनुका गिरी, सन्जुलगायतका छन् । कसिस सफल नायिकाको रुपमा नेपाली चलचित्रमा अवतर भइरहेकी छीन् भने मधेशी मैथिली, भोजपुरीलगायतको चलचित्रमा अमिट छाप समेत छोडेका छन् । प्रदर्शनको तयारीमा रहेको ‘मिशन मधेश’ चलचित्रमा मुख्य नायिकाको रोल गरेकी कसिस मुजिक भिडियोमा समेत सक्रिय रहदै आएकी छीन् । हुन पनि हो सुन्दरताले भरिएकी मात्र नभई एक्शन, डायलग र एक्टिँगमा निखारिएकी कसिस दाहाल यतिबेला प्रेममा आधारित कथानक चलचित्र ‘रोशनी’ को सुटिँगमा सक्रिय भएकी छीन् ।

प्रतिक्रिया दिनुहोस

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...

विद्यार्थी भर्ना अभि ...

प्रदेश टाइम्स / सिरहा । "सबै बालबालिकाको विद्यालयमा सहभागिता , गुणस्तरीय शिक्षा प्राप्तिको शुनिश्चित ...