सुनवल खानेपानी तथा सरसफाइ संस्था सुनवलको पहिलो मासिक बैठक सम्पन्न

  • चैत १, २०७६
  • ८३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सुनवल खानेपानी तथा सरसफाइ संस्था सुनवल को सातौ साधारण सभा तथा पाचौं अधिबेसन सम्पन्न भै सकेपछीको पहिलो मासिक बैठक सम्पन्न भएको छ । बैठकले आम उपभोक्ता र सर्बसाधारणको जनचाहना र जनगुनासो लाई मध्यनजर गर्दै आज चैत्र १ गते बाट लागू हुने गरि न्यूनतम शुल्क रु ५०/- कायम गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी बैठकले एक घर एक खानेपानीको अभियानलाई सफल बनाउदै खानेपानी आम जनताको पहुचमा पुर्याउन नया धारा जडान शुल्क रु पन्ध्र हजार दश रुपैयाँ लाई समायोजन गरि रु दश हजार दश रुपैया कायम गरेको छ भने बिपन्न परिवारलाई किस्ताबन्दीमा खानेपानी जडान गर्ने निर्णय गरेको छ ।

अति बिपन्न परिवारहरुको हकमा भने खानेपानी संस्थाले बनाएको अति बिपन्न परिवारको मापदण्ड भित्र पर्ने परिवारलाई सम्बन्धित वडा कार्यालयको सिफारिसमामा निशुल्क खानेपानी जडान गरिने पनि निर्णय गरिएको संस्थाका सदस्य रमेश नेपालीले बताउनु भयो ।

अधिबेशनमा नेकपाको सम्पुर्ण प्यानल नै बिजयी भएको थियो भने सर्बसुलभ मुल्यमा स्वच्छ खानेपानी आमजनताको मौलिक अधिकार भएको हुदा निर्वाचनका क्रममा आम उपभोक्ता संग गरेका प्रतिबद्धता पूरा गर्न पहिलो बैठक बाटै निर्णय गरेको संस्थाका अध्यक्ष खड्ग बस्नेतले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...