विजयनगर भैँसी स्रोत केन्द्रका लागि उपयुक्त क्षेत्र ः मन्त्री पौडेल

  • फागुन ३०, २०७६
  • १४८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

फागुन ३० विजयनगर, क.व. प्रदेश ५ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेले कपिलवस्तुको विजयनगर गाउँपालिका भैँसी स्रोत केन्द्रका लागि उपयुक्त क्षेत्र रहेको बताउनु भएको छ ।

शुक्रवार विजयनगरमा अनुगमन गर्दै गाउँपालिकाको वडा नंं. ५ मा रहेको नेवरंगीया गाउँ भैँसी स्रोत केन्द्रका लागि उपयुक्त क्षेत्र रहेको मन्त्री पौडेलले बताउनु भएको हो । यस ठाउँमा भैँसीपालनलाई व्यवसायिक रुपमा अँगाल्न सके प्रदेशमै नमुना भैँसी पकेट क्षेत्रको विकासमा फड्को मार्न सक्ने दावी गर्नुभयो ।

गाउँमा अहिरहरुले बसोबास गर्दै आएका छन् । उनीहरुको पेसा नै भँैसीपालन रहेको छ । उनीहरुले पेसाकै रुपा भैँसीपालनलाई अँगाल्दै आई रहेकोले कृषकलाई भैँसी व्यवसायीकरण गर्न उहाँले जोड दिनुभयो । परम्परागत पेसामा नै सिमित भएकाले आधुनिकीरण गर्दै पेसालाई निरन्तरता दिन सके भैँसीपालन फस्टाउनुको साथै आर्थिक उपार्जनमा कमी नहुने कुरा उल्लेख गर्नुभयो । “गर्नेलाई पैसा कमाउन विदेश जानैपर्छ भन्ने छैन, त्यहाँको भन्दा आफ्नै घरमा बसीबसी कमाउन सक्छौ” उहाँले भन्नुभयो । व्यवसायिक हिसावले आफ्नो पेसामा जोड दिँदै जानुपर्ने बताउनुभयो ।

उनीहरुले उत्पादन गरेको दुध, खुवा लगायत वस्तु बाहिरा बजारीकरण हुन नसकेकोले उत्पादन भएको वस्तुलाई प्रदेश सरकारले बजारीकरणको लागि व्यवस्था समेत गर्ने यहाँले बताउनुभयो । भैँसीपालन गर्न ऋण लिने कृषकलाई सरकारले नै व्याज तिर्ने पौडेलले जानकारी गराउनुभयो । सबै कृषकलाई भैँसी पेसालाई व्यवसायीकरण गर्न सहकारी बनाउन सुझावसमेत दिनुभयो । यसरी सहकारीमार्फत पेसालाई टेवा पुग्ने बताउनुभयो ।

उहाँले विकसित जातको भैँसीपालन गर्ने सल्लाह दिनुभयो । १० वटा भैँसी पाल्नु भन्दा ५ वटै विकसित जातको भँैसी पाले दोब्बर आम्दानी हुने कुरा पौडेलले राख्नुभयो । भैँसीपालन कृषकलाई आवश्यक पर्ने सहयोग प्रदेश सरकारले दिने मन्त्री पौडेलले प्रतिबद्धता जाहेर गर्नुभयो । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले व्यवसायिक ढङ्गले कुनै पनि पेसा गरे आर्थिक क्रान्ति हुँदै जाने बताउनु भएको छ । यसका लागि व्यवसायिक पेसा आवश्यक रहेको बताउनुभयो । “तपाईहरुले पहिलैदेखि भैँसी पेसा गर्दै आउनु भएको छ, यसैलाई निरन्तरता दिनुस् म गाउँपालिका र सम्बन्धित निकायबाट आवश्यक सहयोगको पहल गर्छु ” अध्यक्ष थापाले भन्नुभयो । उहाँले भैँसी स्रोत केन्द्रका लागि कृषकलाई आवश्यक पर्ने पानीको व्यवस्था, नश्ल सुधार, तालिम र प्राविधिकको व्यवस्थासमेत गर्ने बताउनुभयो ।

कृषकलाई कृषि अनुदानहरु उपलब्ध गराउँदै जानुको साथै भैँसी बजारीकरणको व्यवस्थासमेत गर्ने अध्यक्ष थापाले प्रतिबद्धता जनाउनुभयो । भैँसी स्रोत केन्द्रका लागि पहल भईरहेको नेवरंगीयामा ६० घर रहेका छन् । ५० घरमा एक जनाले ५ देखि ३५ वटा भैँसीपालन गरिरहेको स्थानीय बीर बहादुर अहिरले बताउनु भयो । उत्पादन भएको दुध र खुवा चन्द्रौटा, कृष्णनगर लगायत स्थानीय बजारहरुमा विक्री गरिरहेको बताउनुभयो । उहाँले भैँसी स्रोत केन्द्रका रुपामा नेवरंगीयालाई गाउँपालिकाले पहल गरिरहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...