सोच परिवर्तन हुँदा मात्र देश विकास सम्भव छ : युवा नेताइन्द्रजीत गोइत

  • फागुन ३०, २०७६
  • २२३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

हामी अहिले आधुनिक युगमा छौँ जहाँ हरेक कुरा आधुनिक तरिकाले तयार गरेको हुन्छन तर हाम्रो सोच चाहिँ जस्ताको त्यस्तै छ । हामी गर्नलाई सब कुरा गर्छौ तर सहि सोच अपनाउन सक्दैनौं जस्तै हरेक ठाउँमा सरसफाइ त हुन्छ तरपनि त्यो ठाउँ फोहरले भरिएको हुन्छ्न किन? किनकि हामी सहि सोचका साथ सरसफाइ गरेको हुदैनौ। सरसफाइ गर्दा त्यहाँ फोहर राख्ने वयवस्था गर्दिनु पर्छ । सबै नागरिक जिम्मेवार न हुँदा जति सरसफाइ गरेपनी फोहरले नै भरेको हुन्छन् ।

सरसफाइ गरेर मात्र देश विकास सम्भव छैन सबै कुरामा सबै नागरिक सहि सोचका साथ अगाडि बद्नु पर्छ । सबैलाई अवसर दिनुपर्छ सब भन्दा जरुरी राजनीतिमा शिक्षित युवालाई ल्याउनु पर्छ । यहाँ न पढेको मान्छे धाक हेराउछ र पढेको लेखेको युवा अरु काे देशमा गएर दुख गरेर आफ्नो खुसीको हत्या गरेर अरुलाई खुशी पारिरहेको हुन्छन् । के हामी यस्तै जीवन बिताउने हो त ? हाम्रो आउने पिडिलाई क जवाफ दिने ? किन सबै चुप छ ? के हामी आउने पिडिलाई खुशी हेर्न चाहदैनौ ? यदि चाहन्छौं भने सहि सोच बनाउनु पर्छ र अगाडि बदनु पर्छ । सडक बनाएर र सरसफाइ गरेर देश विकास हुँदैन ।

देश विकासका लागि सबै कुरामा विकास हुनु पर्छ । देश विकासका लागि सबै नागरिकलाई गुणस्तरीय शिक्षा दिनु पर्छ । आउँ अब सोच बद्लौ र देश विकास तिर लागौं सबै आ-आफ्नो क्षेत्रबाट योगदान दिएर सुन्दर र सक्षम देश बनाउ । जिम्मेवार नागरिक भएर निस्वार्थ भएर काम गरौं सस्तो लोकपि्रयता कमाउन तिर नलागेर देस बिकासका लागि केही गर्नु पर्यो । सेवा निस्वार्थ भावनाले सफल हुन्छ किनकी जहाँ स्वार्थ हुन्छ त्यहाँ सेवा हुँदैन र जहाँ सेवा हुन्छ त्यहाँ स्वार्थ हुदैन ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...