विरगंज चिनी मिलको जग्गा विक्री विरुद्ध प्रदेश सरकार अदालत जाने

  • फागुन २०, २०७६
  • २७८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम, फागुन २० । संघीय सरकारले विरगंज चिनि मिलको जग्गा विक्री गर्ने गरेको निर्णय विरुद्ध प्रदेश सरकार अदालत जाने तैयारी गरेको छ ।
जनकपुरमा आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले विरगंज चिनि मिलको जग्गा विक्री गर्ने संघ सरकारको निर्णय विरुद्ध प्रदेश सरकार अदालतमा मुद्दा दिन लागेको बताउनु भयो ।
उहाँले बन्द अवस्थामा रहेको चिनि मिल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुको साटो विक्री गर्ने निर्णय गरेर प्रदेश सरकारको अधिकार क्षेत्र भित्र हस्तक्षेप गरेकोले त्यस विरुद्ध आफुहरु अदालत जान लागेको बताउनु भयो ।
उहाँले संघीय सरकार पटक पटक प्रदेशको क्षेत्राधिकार भित्र हस्तक्षेप गर्दै संघीयताको मर्मलाई लाई समाप्त गर्ने खेल गरि रहेको आरोप समेत लगाउनु भयो ।
केही दिन अघि मात्र संघीय सरकार विरगंज चिनि मिलको ६ विग्घा जग्गा विक्री गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...