आंशिक प्राध्यापक संघ इकाई समिति सिरहाले करार नियुक्तिको माग राख्दै कक्षा बहिष्कार

  • फागुन १८, २०७६
  • ३४० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, १८ फागुन । नेपाल आंशिक प्राध्यापक संघ सुर्य नारायण सत्य नारायण मोरवैता यादव बहुमुखी क्याम्पस सिरहा इकाई समितिले करार नियुक्तिको माग राख्दै कक्षा बहिष्कार गरेका छन् ।

ज्ञापनपत्र मार्फत आफ्ना माग उपर गम्भीर भई कार्यान्वयन गर्न ध्यानाकर्षण गराएपनि कुनै गम्भीरता नदेखाई बेवास्ता गर्दा बाध्य भएर कक्षा बहिष्कार गरिएको संघका अध्यक्ष डा.विश्वनाथ झाले बताए । मागप्रति यसरी बेवास्ता जारी राखेमा संघको निर्णय अनुसार जस्तोसुक्कै आन्दोलन हुन सक्ने चेतावनी दिँदै अध्यक्ष झाले सो आन्दोलनको सम्पूर्ण जिम्मेवार क्याम्पस विभाग हुने बताए ।

आंशिक प्राध्यापकहरुको समस्यालाई केन्द्रित गर्दै ज्ञापनपत्रमा ध्यानाकर्षण गराउदा पनि बेवास्ता गर्दा बाध्य भएर अनिश्चितकालिन तालाबन्दीसम्मको कुरा जारी सूचना पत्रमा उल्लेख गरेको हो । ‘वर्षौ वर्ष काम गर्दा पनि परिश्रम अनुपातमा हामी पारिश्रम पाइराखेका छैनौं,’संघका सचिव दिपेन्द्र कुमार यादवले भने,‘आजभोली  यो र त्यो वहाना बनाएर हामीमाथि श्रमशोषण भइरहेको छ ।’

२०६४ साल देखि आंशिक्षक प्राध्यापकहरुले काम गर्दै आएको सचिव यादवले बताए । उनका अनुसार सिरहा क्याम्पसमा १२ जना आंशिक रुपमा प्राध्यापक काम गर्दै आएका छन् ।

शैक्षिक गतिविधिको महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका आंशिक प्राध्यापकहरुलाई अत्यधिक श्रमको शोषण भइरहेको उनले दुखोसो पोखे । पूर्वघोषित कार्यक्रम अनुसार अहिले कक्षा मात्र बहिष्कार गरिएको उनले जनाए ।

फागुन १८ देखि २० सम्म कक्षा बहिष्कार र २१ देखि अनिश्चितकालिन तालाबन्दी गरिने जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...