ममाको खुकिरी प्रहार बाट बहिनी जोयाँइ र भान्जा,भान्जी घाईते

  • फागुन १८, २०७६
  • ७५५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स÷१८ फाल्गुन,बिष्णुपुर सिरहा । सिरहाको धनगढिमाई नगरपालिका वडा न.६ मोथियाहीमा मामाको खुकिरी प्रहार बाट बहिनी, जोयाँइ र भान्जा,भान्जी घाईते भएका छन ।

एउटै गाउँमा सँगै टाँसिएर रहेको बहिनि र मामाको घर, भान्जीले मामाको आँगन गल्लि हुदै गएको निहुँमा १७ गते शनिबार दिउँसो भएको बिवादमा मामा र मामाको छोराहरुले अनावश्यक रुपले खुकुरी प्रहार गरे पछि बहिनी, जोयाँइ र भान्जा,भान्जी शख्त घाइते भएका छन ।

धनगढीमाइ नपा वडा ६ मोथियाही बस्ने अन्दाजि वर्ष ५० को राम अशिष यादव र छोराहरु राम बहादुर यादव शुलिन्दर यादव र राम किशोर यादवले आफनो आँगन बाट गएकै निहुँमा एकासि ईँटा,लठि र खुकुरी प्रहार गर्नु घटना शुनियोजित तरिकाले गरिएको पिडित रामजिवन यादवले बताए ।ita

पिडित घाइतेहरुको उपचार सिरहाको गोलबजार स्थित भुमिजा अस्पतालमा भैरहेको छ भने घाइते शुशिला यादवकी टाउको मा २७ वटा टाँका,मगंली देवि यादवकी बायाँ खुटा भाँचेको,६५ वर्षिय राम जिवन यादवको दाहिने हात र छातिको हडि भाँचेको र २५ वर्षिय मनोज यादवलाई हात खुटामा चोट र निलडाम रहेको उपचाररत अस्पतालका चिकित्सकले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...