आफु जनताको सेवक हु, धर्म संस्कृतिकै आडमा संसार –गापा अध्यक्ष यादव

  • फागुन १२, २०७६
  • ८०६ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१२ फाल्गुन,बिष्णुपुर सिरहा । ब्रहमाकमुारी राजयोग उप सेवा केन्द्र बिष्णुपुर द्धारा आयोजित ८४औं महाशिबरात्री पर्वको उपलक्ष्यमा “स्वर्णीम युग उदयको पर्व” बिषयक प्रवचन कार्यक्रममा बोल्दै बिष्णुपुर गाउँपालिका अध्यक्ष जागेश्वर यादवले आफु प्रमुख हुँदा पनि पहिला जनताको सेवक हु, धर्म संस्कृतिकै आडमा संसार चलेको छ ।धर्म संस्कृतिको नाममा आफ्ना पाईला कहिल्यै पछि नरहने बताएका छन ।

गापा अध्यक्ष यादवले संसार अध्यात्म र धर्म कृतिले जुटेको छ भन्दै अध्यात्म र धार्मिक कार्यक्रममा राजनितिक बहस उचित नरहेको बताए । उहाँले धर्म कृति अपरिहार्य रहेको जोड दिदैं भने शान्तिको अभियानीहरु संन्त महन्थहरु भन्दा पनि उच्च कोटिको रहेकोले शान्तिको बिमुख कसैलाई नहुन आग्रह गरे ।

कार्यक्रमको प्रमुख अतिथि रहेको अध्यक्ष यादव प्रदेशकै ठुलो योगशाला बिष्णुपुर गाउँपालिका वडा न. २ राजपुरमा रहे जस्तै ओम शान्तिका लागि उपसेवा केन्द्रको भवन बनाउन आर्थिक भौतिक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।


कार्यक्रममा ब्रह्माकुमारी जनकपुर क्षेत्रकी ब्रह्माकुमारी सृजनाले आर्शिवाद ज्ञापन गर्दै कार्यक्रमको शुभकामना दिएकी थिईन ।bj


शान्ति कलश यात्रा निकालि गरेको उक्त प्रवचन कार्यक्रममा ब्र.कुमारीहरु दुलारी,अनिता,रेनु र ब्र.कुमार रघुनाथ लगायत साधु संत शान्ति अभियानीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन ब्र.कुमार राज नरायण यादवले गरेको थियो ।कार्यक्रममा शिब झण्डोतालेन समेत गरिएको थियो ।bk

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...