तीन नेपाली बालकलाई भारतवाट उद्धार

  • फागुन ३, २०७६
  • ६२० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कपिलवस्तु, फाल्गुन ३ भारतको गोरखपुरमा दुई वर्ष देखि अलपत्र रहेको तीन नेपाली बालकहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतीय दुतावास र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो ।

दाङ्गको घोराहि उप–महानगरपालिकाका १० वर्षिय रामु पुन, प्यूठान ऐरावति गाउँपालिकाका १२ वर्षका दिलिप जिसि र १४ वर्षका केशव जिसि लाई भारतबाट उद्धार गरिएको हो । दुई वर्ष अघि वेपत्ता भएका बालकहरु कृष्णनगर नाका हुँदै भारत प्रवेश गरेको सुचनाको आधारमा गोरखपुरमा फेला परिएको थियो । दिलिप र केशव साथिहरुको लाहलैमा लागेर भारतको एक होटलमा काम गरेको अवस्थामा फेला पारिएको केन्द्रका क्षेत्रीय संयोजक भूमीराज भट्टराईले बताउनुभयो ।

तिनै जनालाई कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले परिवारको जिम्मा लगाउनुभएको छ । पछिल्लो समयमा साथिहरुको लहलहै, तीव्र महत्वकाक्षा, र प्रलोभनमा परि बालबालिकाहरु भारत जानेको सख्या बढेकोले बालबालिकालाई विशेष ध्यान दिन प्रजिअ पौडेलले आग्रह गर्नुभयो । बालबालिकाहरु हराउने क्रम बढ्दो रहेकोले विदेशमा भएका बालबालिकाहरु नेपाल ल्याउने प्रक्रिया झन्ंझटिलो भएको हुँदा पनि बालबालिकको उद्धारमा समस्या रहेको केन्द्रका क्षेत्रीय संयोजक भट्टराइले बताउनुभयो । उहाँले बाल संरक्षण सम्वन्धी कानुनी र नीतिगत व्यावस्था भएपनि नेपालमा अझै बाल संरक्षणको समस्या रहेको जनाउनुभयो । संस्थाले एक वर्षको अवधिमा १३ जना बालबालिकाहरुलाई भारथवाट उद्धार गरी परिवारको जिम्मा लगाएको संस्थाका जिल्ला संयोजक निशा पन्थिले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...