कालो अनुहार पनि नेपाली नागरिक नै हो अनुभुति गराउने समाजवादी पार्टि रहेको हो–के.उपाध्यक्ष रेनु यादव भ्रष्टाचार उन्नमुख भएका कारण देश दलदलमा फसेको छ ।

  • फागुन १, २०७६
  • १३८५ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१ फाल्गुन,बिष्णुपुर सिरहा ।
संघीय समाजवादि पार्टिकी केन्द्रिय उपाध्यक्ष तथा संघीय सांसद रेनु यादवले देशमा बिभेद उत्पीडन बाट मुतिm तथा मधेशि आदिवासि जनजाति दलित महिला मुस्लीमको पहिचान, अधिकार र अवसर प्राप्तिको लागि यस पार्टिको स्थापना भएसँगै एउटै देशभित्र दोस्रो दर्जाको दृष्टिकोणले हेर्ने कालो मधेसि अनुहार पनि नेपाली नागरिक नै होे अनुभुति गराउने समाजवादी पार्टि रहेको बताइन ।
बुधबार,सिरहाको नरहा गाउँपालिकामा आयोजित संगठन बिस्तार तथा सुदृढीकरण(बि.सु.) अभियान क्षेत्रिय भेला तथा अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्दै पार्टि केन्द्रिय उपाध्यक्ष यादवले अहिले देश भ्रष्टाचारतिर उन्मुख रहेको जसका कारण देश र जनता दलदलमा फसेको बताईन ।
उनले सरकारको असफल नेतृत्वका कारण देशमा भ्रष्टाचार उन्नमुख भएको र जनतामा संकट सृजना भएको आरोप लगाउँदै देशमा यदि भ्रष्टाचारि नभएको भए अहिले देश र प्रदेश स्वर्ग भन्दा पनि सुन्दर रहने तर्क गरिन ।
उनले देशमा भ्रष्टाचारको आरोप लगाएर केहिलाई पक्रिने र केहि असली भ्रष्टाचारीलाई छोडिने अन्यायपुर्ण सरकारको बदनियत काम भैराखेको आरोप लगाईन । माननीय यादवले देश हाँक्ने प्रधानमन्त्रि र ठुला वर्गले भ्रष्टाचार र चोरी गरेपनि कानुनमा नलेखिएको भनिने समान्य र सानाहरुले गरेपछि सबिधानमा लेखिएको भनिने कानुन जनाता माथिको बिभेद प्रष्टिएको बताईन । न्यायको लागि सबिधान संशोधनको खाँचो रहेको जनाईन ।
उपाध्यक्ष यादवले मधेस र मधेसीलाई केन्द्रित गर्दै भनिन हामि पनि यो योजना भेटेन त्यो योजना भेटेन अर्थात भेटको लडाईमा नअल्झिन आग्रह गरिन । उहाँले,पहाडमा बिकासको लागि त्यहाँका जनताले समन्वय गरे जस्तै हामि बिभेद उत्पीडनमा रहेका मधेसि आदिबासि जनजाती मुस्लिम पनि अग्रसर हुनुपर्नेमा जोड दिईन । बि. सु. अभियानको माध्यम बाट यस प्रदेशमा एक लाख सदस्यता पुगाउने योजना रहेको र यसलाई सुद्धिकरणको लागि आफना इच्क्षाले पैसा तिरेर सदस्यता ग्रहन गर्न खोज्नेलाई सदस्यता प्रदान गर्ने कसैको पैसा तिरेर जोर जर्वजस्ती सदस्यता नदिन पार्टि नेता कार्यकर्ता सँग आग्रह समेत गरिन ।bire
क्षेत्रिय बि.सु. अभियान कार्यदल क्षेत्र न. ४ का बि.सु अभियन्ता पार्टि केन्द्रिय सदस्य तथा पुर्व साँसद बिरेन्दर महतोको अध्यक्षतामा सम्पन्न गरिएको सो कार्यक्रमा केस अशेश्वर यादव नेत्रि रेनु यादव जिल्ला अध्यक्ष अशोक कुमार महतो बिष्णुपुर गाउँपालिका अध्यक्ष जागेश्वर यादवसमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...