‘क्यूट बेबी’ कशिस ‘आउन मन लाग्छ’

  • माघ २७, २०७६
  • ३८७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

‘क्यूट बेबी’ कशिस ‘आउन मन लाग्छ’ लहान, २७ माघ । ‘क्यूट बेबी’ ले चिनिने कशिस दाहालको नयाँ मुजिक भिडियो बजारमा आएको छ । ‘आउन मन लाग्छ’ नाम दिएको कमेडी मुजिक भिडियोमा ‘क्यूट बेबी’ कशिसलगायत आधा दर्जन कलाकारले अभिनय गरेको छ । मुजिक भिडियोमा नायकले नायिकालाई घुमाउँन काठमाण्डौंको अफर गर्दा मोटरसाईकल नै स्टाट नभएपछि विच्किएर नायिका भाग्न खोज्छन् । हाँसो ठठा गर्दै फकाउँने गरेको दृश्य आकर्षक छ । ‘क्यूट बेबी’ को अभिनित ‘आउन मन लाग्छ’ कमेडी भिडियोले युट्वमा यत्तिबेला भाइरल भएको छ । हुनतः ‘क्यूट बेबी’ अभिनित नेपाली चलचित्र ‘क्वीन’ फागुन ३ गते विराटनगरको हिमाल हँलमा प्रदर्शन गरिने भएको छ । ‘क्यूट बेबी’ कै अर्का चलचित्र ‘मिशन मधेश’ रिलिजको तयारीमा छ । उनी आधा दर्जनबढी चलचित्रमा मुख्य नायिका भएर काम गरेकी छीन् भने चार दर्जन मुजिक भिडियोमा आफ्नो कला प्रदर्शन गरेकी छीन् । ‘क्यूट बेबी’ कशिसले ‘चलचित्र र मुजिक भिडियोको लागि अफर आउँने क्रम तिब्र छ ।’ ‘तर, ‘सामाजिक तथा समाज परिवर्तनको लागि यो क्षेत्रमा लागेको छु ।’ ‘राष्ट्र र राष्ट्रियता आधारित चलचित्रमा काम गर्न रुचाउँछु ।’ यसो त सहिद दिवसकै दिन जन्मोत्सव मनाउँदै आएकी ‘क्यूट बेबी’ कशिसले भव्यताका साथ घरपरिवार र शुभचिन्तकबीच बर्थडे माघ १६ गते मनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...