सिरहामा लागुऔषध गाँजा सहित २ जना पक्राउ

  • माघ २४, २०७६
  • ३३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

मुकेश यादव  सिरहा । सिरहामा प्रहरीले अन्दाजी १२ किलो लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । सिरहाको अर्नामा गाउँपालिका–१ बस्ने ३२ वर्षीय मोहम्मद सकिल र नरहा गाउँपालिका–१ बस्ने ३५ वर्षीय राजिन महरा छन् ।शुक्रबार दिउँसो १ बजेको समयमा अर्नामा गाउँपालिका–१ ईस्लामपुर स्थित जिल्ला प्रहरी कार्यालय सिरहा र सशस्त्र प्रहरी बलको सयुंक्त गस्ती टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
पक्राउ परेका सकिल र महरालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...