हात्तीपाइले रोग सबै मिलेर निर्मुल पार्नु पर्ने : मौलाना मसहूद

  • माघ २४, २०७६
  • ४४६ पटक पढिएको
  • अजय मिश्र,
alt

कपिलवस्तु माघ २४ कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकी मा हात्तीपाइले रोग निवारण सम्बंधी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो। अतिथि कृष्णनगर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष सागिर अहमद खान, वडा नं २ का वडा अध्यक्ष संजय कुमार गुप्ता , कृष्णनगर स्वास्थ्य चौकी समिति का सल्लाहकार मौलाना मसहूद खां नेपाली, डाक्टर संकर भट्टराई रहनु भयो। उक्त कार्यक्रम मा हात्तीपाइले रोगको परिचय, कारण, लक्षण,कसले र कसरी सेवन गर्ने, बच्ने उपाय लगायत अन्य कुरा को बारेमा स्वास्थ्यक्रमी नन्द गोपाल विश्वकर्मा ले प्रकाश पार्नु भयो। उक्त कार्यक्रम मा सोही स्वास्थ्य चौकी व्यवस्थापन समिति का सल्लाहकार मौलाना मसहूद खां नेपाली ले यो रोग सबै मिलेर निर्मुल पार्नु पर्ने, हात्तीपाइले रोग को औषधि सेवन गर्नु पर्ने र यो रोग निवारण का लागी आफ्नो तर्फबाट हुने सक्दो सहयोग गर्ने कुरा बताउनु भयो। उक्त कार्यक्रम मा स्वास्थ्य, शिक्षा क्षेत्र लगायत स्थानीय गरी लगभग ४० जना को उपस्थित रह्यो।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...