नजबुल खान महत्मा गाँधी शान्ति पुरस्कारबाट सम्मानित

  • चैत ६, २०७५
  • २०१ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान, ६ चैत्र । आशन, भाषण र शासनमा महिला हुनुपर्छ भने माग राख्दै नोट आफ डिसेन्ट अभियान चलाइरहेकी नजबुल खान निलम महात्मा गान्धी एशियाली शान्ति पुरस्कारबाट आज सम्मानित भएकी छन् । नेपाल राष्ट्रिय मोडलिङ्ग संघले आज एक समारोहबीच बरिष्ट कलाकार सरोज खनालका हातबाट अभियान्ता खानलाई चैत्र ६ गते काठमाण्डौमा सम्मानित गरिएको छ । उदयपुरबाट अभियान चलाएर नजबुल खान यत्तिबेला देशभरी महिला हिँसा, लैगिँक हिँसा, घरेलु हिंसा, बालविवाह, दहेजप्रथा विरुद्ध शसक्त रुपमा महिला जागरण गर्दै आएकी छीन् । शान्ति पुरस्कारबाट सम्मानित हुनु भएकी खान यत्तिबेला कन्डम निःशुल्क पाइन्छ तर सेनेटरी प्याड निःशुल्क पाइँदैन भन्दै महिलालाई विभेद गरिएको उनको ठम्याई छ । खान महिलालाई स्थानीय तहले निःशुल्क रूपमा सेनेटरी प्याड वितरण गर्नुपर्ने अभियान सञ्चालन गरिरहेकी छिन् । मुस्लिम, दलित, जनजाति, एकल महिलाको उत्थान र हकअधिकारका लागि निरन्तर लागिपरेकी छिन् उनी । आवाजविहीनको आवाज बनेकी नजबुल स्वयंको आवाज भने धसिएको छ । आवाज फर्काउन धेरै कोसिस गरिन्, सकिनन् । उनी भन्छिन् ‘आफ्नै स्वरको अभावमा पीडित छु ।’ घरबाट बाहिर निस्किन हिचकिचाउने मुस्लिम महिलामध्ये नजबुल २०६२ सालको लोकतान्त्रिक जनआन्दोलनका क्रममा सडकमा आएकी थिइन् । आन्दोलनमा सहभागी भएका वेला २०६३ साल वैशाख ५ गते उनको घाँटीमा अश्रुग्यासको गोलीको खोका लाग्यो । उनी ५ घन्टासम्म बेहोस भइन् । भन्छिन्, ‘मेरो स्वर खोसिए पनि हिम्मत खोसिएको छैन ।’

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...