गोलबजार नगरकार्यपालिकाद्धारा बनाईएको शिक्षा कार्यबिधी सर्वोच्च अदालतद्धारा खारेज

  • माघ १५, २०७६
  • १८० पटक पढिएको
  • राम पुकार यादव
alt

गोलबजार ,सिरहाको गोलबजार नगरकार्यपालिकाले बनाईएको शिक्षा कार्यबिधी २०७५ सर्वोच्च अदालतले खारेज गरेको छ । नगरकार्यपालिकाले बनाईएको शिक्षा कार्यबिधीको प्रावधान अनुसार शिक्षा समिति र विद्यालय ब्यबस्थापन समिति छनौट गर्ने प्रकृया समेत खारेज गरेकोछ । नेपालको संबिधानको धारा २२६ र स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १०२ बमोजिम कानून बनी नसकेकोले २०७६ पुष २६ गते सर्वोच्च अदालतका न्याधिश सपना प्रधान मल्लको एकल ईजलासले फैसलाको ठहर गर्दै गोलबजार नगरकार्यपालिकाको शिक्षा कार्यबिधी २०७५ खारेज गर्नुको साथै सो कार्यबिधी अनुसार गरेको सम्पूर्ण निर्णय एवं कामकार्यवाहीको कार्यान्वयन समेत नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । गोलबजार नगरपालिकाको १३ वटै वडामा रहेको श्री जनता नमूना मावि असनपुर गोलबजार ४, श्री जनता नमूना मावि चन्द्रलालपुर गोलबजार ८, श्री जनता मावि चन्द्रोदयपुर गोलबजार ९, श्री जनता आधारभूत विद्यालय लालपुर गोलबजार २, श्री सरस्वती मावि जम्दह गोलबजार ३, श्री मावि आसोपुर वलकवा गोलबजार ११ लगायतका सामुदायिक विद्यालयहमा शिक्षा कार्यबिधी अनुसार छनौट भएका विद्यालय ब्यवस्थापन समितिहरुलाई खारेज गरेकोछ । सो शिक्षा कार्यबिधी प्रति स्थानिय शिक्षा प्रेमी तथा बुद्धिजीबीहरु असन्तुष्टि जनाउदै आएका थिए । सिरहा जिल्ला गोलबजार नगरपालिका वार्ड नं २ बस्ने सुकदेव सिंहले शिक्षा कार्यबिधी २०७५ लाई खारेजीको लागि सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । रिट निवेदक सिंहको तर्फबाट बरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र जगरनाथ महतोले बहस गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...