धनुषामा भयानक मोटरसाइकल दुर्घटना, श्रीमान श्रीमतीको घटनास्थलमै मृत्यु

  • माघ १५, २०७६
  • २८५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

माघ १५ गते । धनुषामा बोलेरो र मोटरसाइकल ठोक्किदा दुइ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो गणेशमान चारनाथ नगरपालिका—६ गोदारस्थित भएको उक्त दुर्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनका पत्नी ४० वर्षीय प्रमिला साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुर्घटनामा मोटरसाइकमै सवार साहका ९ वर्षीय छोरा जोन साह समान्य घाइते भएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए । पुर्व पश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो ठोक्किदा घटनास्थलमै दुबैजनाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक कार्कीले जनाए । मृ तक श्रीमान श्रीमती दुबैको शव जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइ रहेको उनले बताए । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक कार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...