सीप कर्यक्रमको एच.आर. 2020 सम्पन्न

  • माघ १०, २०७६
  • २३१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सीप कर्यक्रमको एच.आर. 2020 सम्पन्न बिरगंज ९ , माघ । पर्सा जिल्लाको बिरगंजमा प्रदेश नम्बर २ स्तरीय HR Happy Hour 2020 कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर -२ का उधोग वाणिज्य संघ लगायत ब्यपारिक वर्गहरुको सहभागीतामा भएको कार्यक्रममा मानव संसाधन सम्बन्धि अन्तरक्रिया भएको थियो । कार्यक्रममा उधोगिहरुलाई कम्पनीमा मानव संसाधनको ब्यबस्थापन कसरी गर्ने लगायतका प्रक्रियागत बिधिहरुको बारेमा जानकारी गराईएको रोजगारी सर्भिस प्रा. लि. का सीप कार्यक्रम अन्तर्गत रोजगारी पसलका प्रोजेक्ट म्यानेजर मनोज सुनुवारले जानकारी दिनुभएको छ । उहाँका अनुसार विश्व बजार लगायत नेपाली उधोगिहरुको स्थिति र सफलताका साकारात्मक संदेशको बारेमा कार्यक्रममा समेत छलफल भएको थियो । उधोगहरुमा मानव संसाधनको कसरी ब्यबस्थापन गर्ने उदेश्यले संचालित कार्यक्रमको रोजगारी सर्भिस प्राईभेट लिमिटेडका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रा. लि. का बिजनेस डाईरेक्टर संजीव कुमार निरौलाको समेत सहभागीता रहेको आयोजकले जनाए । प्रदेश नम्बर २ सरकारको सीप कार्यक्रम अन्तरगत युके एडको आर्थिक सहयोगमा संचालित कार्यक्रममा छलफल गरेका विषय बस्तुहरु उपलब्धि मुलुक रहेको सहभागीहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...