पञ्चे बाजा बजाएर श्रममन्त्री यादवको स्वागत

  • माघ २, २०७६
  • २५४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सर्लाही, १ माघ । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई आज सर्लाहीको हरिवन नगरपालिकामा पञ्चे बाजा बजाएर भव्य स्वागत गरिएको छ ।

हरिवन नगरपालिकाको घुर्कौली स्थित रहेको चेतना सन्देश नेपाल संस्थाद्वारा संचालित द्वन्द्व पिडित बालगृहमा बुधवार आयोजित जनवादी गीतका गायक जेबि टुहुरेको एकल साङ्गीतिक कार्यक्रममा सहभागी हुन आउनुभएका श्रममन्त्री यादवलाई पार्टी कार्यकर्ता र स्थानियवासीले भव्य स्वागत गरेको हो ।

कार्यक्रममा श्रममन्त्री यादवलाई हरिवन नगरपालिका र चेना सन्देश नेपाल संस्थाले अभिनन्दन गरेको छ । कार्यक्रमका प्रमुख अतिथ पूर्व प्रधानमन्त्री नेपालले श्रममन्त्री यादवलाई अभिन्नदन पत्र प्रदान गर्नु भएको थियो । अभिनन्दनपछि कार्यक्रमलाई सम्बोधन गर्दै श्रममन्त्री यादवले आफु माथि जनताले गरेको विश्वासलाई निराशामा कहिले पनि परिणत हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

जनवादी गीतका गायक जेबि टुहुरेको एकल साङ्गीतिक प्रस्तुती कार्यक्रममा प्रदेश सभा सदस्य रबिन्द्र बैठा, दिल्ली प्रसाद उप्रेती, बेची लुंगेली, नेकपाका नेता कार्यकर्ता लगायत विभिन्न गणमान्य व्यक्तिको साथै स्थानियवासीको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

विद्युतको कर हटाउन ...

 काठमाडौं । विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल हटाउन तथा डेडिकेटेड र ट्रङ्क ल ...

उपमेयर परनियाले गर ...

 काठमाडौं, ३१ साउन । रौतहटको देवाही गोनाही नगरपालिका अस्तव्यस्त भएको छ । उपमेयर परनिया देवीले आ ...

पर्यटन मन्त्री खडक ...

 सिरहा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलको मधेस भर्मण  सूचीप्रति ...