लहानका सडक प्रमुख रौनियारसहित तीन पक्राउ

  • पुस १९, २०७६
  • २२३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान, १९ पौष । सडक डिभिजन कार्यालय लहानका प्रमुख बिनोद साह रौनियारसहित तीन जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले आज (पौष १८ गते ) नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सिडियो गोपाल अधिकारीका अनुसार सेवाग्राहीबाट एक होटलमा नविन झा र विरेन्द्र साहसँग रकम लेनदेनको काम भएको थियो । योसँगै सडक डिभिजन कार्यालयको निजी क्वाटरमा प्रमुख बिनोद साहलाई सोधखोज गर्नेक्रममा उनीहरुलाई पक्राउ गरिएको बताए ।
प्रमुख साह नगद रु ३ लाख र इन्जिनियर नविन झासंगै विरेन्द्र साह १५ लाख ९८ हजार रकम सहित पक्राउ परेको छ । पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय लहानमा राखेर स्थानीय जनप्रतिनिधिको रोहबरका मुचुलका बनाएको बुझिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनीहरुलाई १८ लाख ९८ हजार घुस रकम सहित पक्राउ गरेको जनाएको छ । रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ गरिएको तीनै जनालाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास लगेको छ ।
सडक डिभिजन कार्यालय लहानका प्रमुख बिनोद साह रौनियारको यहाँबाट सरुवा भइसकेकोले उनी शनिवार विहानै काठमाण्डौ जाने तयारीमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...