कौवाहामा लाखौ मुल्य बराबरको धानको काँर जलेर नष्ट

  • पुस १४, २०७६
  • ५३७ पटक पढिएको
  • ममता यादव
alt

ममता यादव÷१४ पुस बिष्णुपुर सिरहा । किसानहरुले मिहिनेतले लगाइएको आफना फसलहरु घर भित्रयाउँदै गरेको बेला बिष्णुपुर गाउँपालिकाको कौवाहामा बिशेश्वर यादवले लगाइएको धानको काँरमा आगो लागेर लाखौ मुल्य बराबरको धानको काँर जलेर नष्ट भएको छ ।

जम्मा १० कठा खेत रहेको र सोमा लगाइएको बासमति जातको धान घर भित्रयाइ काँर लगाइएको अबस्थामा आगो लागेर नष्ट भएको हो । पिडित ज्ञानि देवि यादव भन्छिन यो साल अब कसरी कटछ चिन्ता नै भएको छ । म गरिब संगँ जल्नेहरु मेरो धानका काँर जलाएका छन नत त्यस नजिक आगो थियो नत त्यहाँ कुनै घुर नै ।कसरी लाग्यो आगो उनले भन्छिन ।

जलेको धानको काँरलाई निरिक्षण गर्दै वडा अध्यक्ष राम इश्वर यादव,रेडक्रसका गोपाल नरायण श्रेष्ठ ,योग गुरु गुरुशरण यादव,लगायत शिक्षक नागेन्द्र यादवले आफुहरु सके जति सहयोग वडा र गाउँपलिका बाट गर्ने र गराउने प्रतिबद्धता जाहेर गर्नु भयो ।

साथै दोषि फेला परे उसलाई समाजिक र कानुनि दण्ड बाट छुट नदिने बताउनुभयो । पिडित का चार छोरा छोरी छन।मानिसकको खाने आहारमा जो कोहिले आगो लगाएछन राम्रो गरेको होइन ।पता लगाइ दोषिलाई कार्वाहि हुनुपर्छ मानव अधिकार बिष्णुपुर गाउँपलिकास्तरीय उपाध्यक्ष ममता यादवले बताइन ।

 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...