नेपाल जेसिजको ४६ औं राष्ट्रिय महाअधिवेशनबाट उपाध्यक्ष पदमा मलंगवाका जेसी अनवर हुसैन निर्वाचित

  • पुस १३, २०७६
  • ३८६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सर्लाही ,पुस १२ । रत्ननगर जेसिजक आतिथ्यतामा सम्पन्न भएको नेपाल जेसिजको ४६ औं राष्ट्रिय महाधिवेशनबाट (सर्लाही)मलंगवा जेसिजका पुर्व अध्यक्ष जेसी अनवर हुसैन राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। चितवनको रत्ननगरमा शनिबार सम्पन्न ४६ औ चुनावी राष्ट्रिय महाअधिवेशन मार्फत हुसैन राष्ट्रिय उपाध्यक्षमा विजयी बनेको मलंगवा जेसिजका प्रेस सल्लाहकार जेसी समीर मिकरानीले जनाएको छ । मलंगवा जेसिजका 2017 का अध्यक्ष हुसैन प्रदेश न-२ का एकमात्र उमेदवार रहनुभएको थियो । स्पष्ट वक्ता ,मिजासिलाको साथै कुशल नेतृत्व क्षमता भएका हुसैन सन् 2017 मा मलंगवा जेसीजको अध्यक्ष हुदै यस वर्ष नेपाल जेसिजको वर्ष 2020 को राष्ट्रिय उपाध्यक्ष पदमा उदाउनु भएकोमा मलंगवा जेसिज वर्ष 2019 का अध्यक्ष जेसी विकास अग्रवालले सम्पूर्ण जेसीज परिवारको तर्फबाट जेसी हुसैनलाई बधाई दिंदै उहाँको सफल कार्यकालको शुभकामना दिनुभएको छ

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...