अर्नमा गाउँपालिकामा चिसोको कहर मार्न कम्बल वितरण

  • पुस ८, २०७६
  • १३६५ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷ ८ पुस, बिषणुपुर सिरहा । यतिखेर तराई मधेशको बिभिन्न ठाउँहरुमा शितलहरले मानिसहरुको जनजिवन कष्टकर बन्दै गइरहेको बेला सिरहाको अर्नामा गाउँपालिकाले कम्बल वितरण गरेको छ ।


गाउँपालिका बासिहरुलाई शितलहरको कठोर कहर बाट बचाउनको निम्ति यस्ता न्यानो वितरण गर्ने योजना ल्याइ गाउँपालिका भित्रको प्रत्येक वडामा दाउरा वितरण गरी कम्बल समेत बितरण गरिरहेको अर्नामा गाउँपालिकाको अध्यक्ष ठक्कु महतोले जानकारी गराए ।

शितलहरले मानिसको दैनिकि,दिनचर्या र शारिरिक रुपमा प्रतिकुल असर पारिरहेको समयमा आफुहरुले ठोस निर्णय लिई कोहि कसै नछुटने गरी दलित, बिपन्न, आर्थिक स्थिती दयनिय भएका र एकल महिलाहरुलाइ प्राथमिकताको अधाारमा न्यानो वितरण कार्यमा तादरुकता का साथ लागेको अर्नमा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत रामकिशोर महतोले बताए ।

“१ सय १८ बर्षिय एक बृद्ध महिला मलभोगिया देवि भन्छिन धन्य हो गापा अध्यक्ष र गापाको हाकिम साहव, जो समय समयमा समाज र मानिसको आवश्यकता अनुरुप र अनुकुल कामहरु गरेर समाजका हरेक मानिसहरुलाई प्रफुल्ल बनाएका छन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...