बिष्णुपुरको ऐतिहासिक विष्णु मेलामा घमासान दंगल, हनुमान गदा र चाँदीका मेडलले थप्यो रौनक

  • कार्तिक ४, २०८३
  • १९८ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा। सिरहाको बिष्णुपुरमा ऐतिहासिक महत्त्व बोकेको विष्णु मेला यस वर्ष पनि धुमधामका साथ मनाइएको छ। धार्मिक आस्था, सांस्कृतिक परम्परा र मनोरञ्जनको संगमका रूपमा परिचित मेलामा आयोजित विशाल दंगल (कुस्ती) प्रतियोगिताले दर्शकलाई उत्साहित बनाएको छ। IMG_20261020_030843 मेला समितिका अध्यक्ष सुरेश यादवका अनुसार विगतका वर्षझैँ यस वर्ष पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पहलवानलाई आमन्त्रण गरी दंगल प्रतियोगिता आयोजना गरिएको हो। नेपाल र भारतका पहलवानबीच भएको प्रतिस्पर्धा हेर्न मेलास्थलमा दर्शकको उल्लेख्य घुइँचो लागेको थियो। प्रतियोगितामा जितेन्द्र यादव, सोनु पहलवान र भरत यादवसहितका पहलवानले प्रतिस्पर्धा गरेका थिए। विशेषगरी भारत र नेपालका पहलवानहरू तथा प्रल्हाद र भुरा पहलवानका टोलीबीच भएको कुस्तीले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको थियो। IMG_20261020_030617 पहलवानहरूको शक्ति प्रदर्शन, दाउपेच र प्रतिस्पर्धाले दर्शकलाई अन्तिम समयसम्म आकर्षित गरेको थियो। दंगल प्रतियोगितालाई थप आकर्षक बनाउन आयोजकले विभिन्न पुरस्कार तथा पदकको व्यवस्था गरेका थिए। आयोजक समिति तथा पूर्ववडाध्यक्ष गोपिन्द्र यादवले प्रथम पुरस्कारका रूपमा हनुमान गदा राखेका थिए। त्यसैगरी, बिष्णुपुरस्थित साना किसान सहकारी लिमिटेडका सञ्चालक समिति अध्यक्ष ओपिन्द्र यादवले दोस्रो पुरस्कारका रूपमा हनुमान गदा प्रदान गर्ने व्यवस्था गरेका थिए। आयोजक समितिहरूको तर्फबाट तीनवटा चाँदीका मेडलसमेत पुरस्कारका रूपमा राखिएको थियो। ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आयोजना गरिएको मेलाको दंगल प्रतियोगिताले स्थानीय खेल संस्कृतिको संरक्षणसँगै नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई समेत उजागर गरेको छ। कुस्ती केवल शारीरिक बल प्रदर्शन गर्ने खेल मात्र नभई अनुशासन, साहस र खेलभावनाको प्रतीक पनि हो। दंगल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य तथा रास्वपाका मधेस प्रदे!सभापति इन्जिनियर तपेश्वर यादव, क्षेत्र नम्बर ३ का सांसद डा. शम्भु यादव तथा क्षेत्र नम्बर १ का सांसद एवं पूर्वखेलकुदमन्त्री बब्लु गुप्तासहित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासनका प्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको मेला समितिका अध्यक्ष सुरेश यादवले जानकारी दिए। बिष्णुपुरको विष्णु मेला स्थानीय धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामूहिक उत्सवको प्रतीकका रूपमा परिचित छ। हरेक वर्ष आयोजना हुने मेलाले स्थानीयवासीलाई एकै ठाउँमा जोड्नुका साथै बाहिरबाट आउने आगन्तुकका लागि पनि आकर्षण सिर्जना गर्दै आएको छ। ऐतिहासिक विष्णु मेलालाई अझ व्यवस्थित र आकर्षक बनाउँदै दंगलजस्ता परम्परागत खेललाई निरन्तरता दिन सके स्थानीय संस्कृति संरक्षण, खेलकुद प्रवर्द्धन तथा क्षेत्रको पहिचान विस्तारमा थप योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ।IMG_20261020_032718

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...