साइबर अपराध तथा सार्वजनिक शान्ती खलल कसुरमा मनोज मानव भन्ने मनोज महतो पक्राउ

  • असोज ५, २०८३
  • १८७ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक सद्भाव तथा शान्तिमा खलल पुर्‍याउने किसिमका सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार साइबर अपराध तथा सार्वजनिक शान्ति खललसम्बन्धी कसुरमा जाहेरी परेपछि जारी पक्राउ पुर्जीका आधारमा खोजतलास गर्दा उनलाई उदयपुरको चतरा पुलपारि एक होटलबाट २०८३ असोज ४ गते पक्राउ गरिएको हो। हाल उनीमाथि थप . अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ। साथै, आफूसँग स्वचालित हतियार रहेको भन्दै धम्की दिएको र केही व्यक्तिबाट आपराधिक लाभ लिएको सूचना समेत प्राप्त भएको प्रहरीले जनाएको छ। पीडित भए जिल्ला प्रहरी कार्यालय सिरहामा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...