किसान भन्छन् बिष्णुपुरमा बीउ पाएर राहत महसुस भएको छ ।

  • पुस १, २०७६
  • ११२६ पटक पढिएको
  • राम पुकार यादव
alt

किसान भन्छन् बिष्णुपुरमा बीउ पाएर राहत महसुस भएको छ । राम पुकार यादव १ पुस बिष्णुपुर सिरहा । यश बर्ष बिष्णुपुर गाउँपालिकाको हाता भित्र रहेको कृषि शाखा कार्यालय बिष्णुपुरले अनुदानमा गहुँ प्याज र अन्य बीउ बिजन किसानलाइ  उपलब्ध गराएपछि राह्त महशुस भएको किसानहरु बताउँछन् । आ ब २०७६ ।०७७ को लागि स्वीकृत कार्यक्रम अनुसार ५०% अनुदानमा  किसानहरुलाइ बीउ बिजन उपलब्ध गराएको हो । यशपाली समय मै बीउ बितरन गर्न पाउदा आफुहरु पनि हर्शित रहेको कृषि शाखा बिष्णुपुरको प्रमुख शिबशंकर यादव र भोला प्रसाद यादबले बताए ।साथै हामी किसानको पिर मर्कालाइ यथा शिघ्र बुझ्दै जाने र किसानलाई सुबिधाजन्य सेबा दिन सदैब तत्पर रह्ने बिष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादव ले बाताए ।हामी कृषिमा नौलो क्रान्ति नै ल्याउने परिवर्तनमुखी सोचमा रहेको अर्नमा गापाको अध्यक्ष ठकु महतो र नरहा गापा अध्यक्ष राम शरण यादवको धारणा रहेको थियो । तस्तै नरहा कृषि शाखाका प्रमुख जयकुमार यादवले किसानलाई सुबिधा दिन आफू जहिले पनि तत्पर रहेको जनाए । बीउ बितरन गर्दै वडा अध्यक्ष राम इश्वर यादवले अब आउने दिनमा किसान् हरुलाइ कुनै असुविधा आउन नदिने र आफू पनि किसान सँग काधमा काध मिलाएर अगाडि बढने प्रतिबदता जाहेर गरेका छन

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...