विनियोजन विधेयकमा त्रुटि सुधार गर्नु राज्यद्रोह होइन : अर्थमन्त्री वाग्ले

  • असार १, २०८३
  • ३७ पटक पढिएको
  • Ram Pukar Yadav
alt

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीहरूले त्रुटि सच्याउने गरेको भन्दै आफ्नो बचाउ गरेका छन् ।विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रिय सभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो बताए पनि विगतका कुन अर्थमन्त्रीले त्यसो गरेको हो भनेर नाम भने बताएनन् ।यसअघि प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री वर्षमान पुनले करका दर हेरफेरको विषयमा छानबिन हुनुपर्ने र त्यो आफूबाट सुरु गरे पनि हुने बताएका थिए । विगतदेखिको समेत हेरेर भए पनि यसपटक भएको करका दर हेरफेरको छानबिन हुनुपर्ने माग राखेका थिए ।तर, राष्ट्रिय सभामा बोल्दै अर्थमन्त्री वाग्लेले आफूमथि अनावश्यक प्रश्न उठाइएको दाबी गरे । उनले भने, ‘यी राजद्रोहका विषय होइनन्, यी देशद्रोहका विषय थिएनन् । र, अर्थमन्त्रीले कुटुकुटु रातभरि बसेर कर चलायो के के गर्‍यो भन्ने खालका आरोपहरूप्रति मेरो खेद छ ।’यस्तो अभ्यास विगतमा पनि भएको उल्लेख गर्दै उनले थपे, ‘गत वर्ष ७३ वटा दरहरू हेरफेर गरिएको थियो ।’पूर्वअर्थमन्त्री पुनतर्फ संकेत गर्दै डा. वाग्लेले थपे, ‘एकजना अर्थमन्त्री कुर्लिरहेको मैले देखेँ । उहाँको पालामा पनि २४ वटा संशोधनहरू गर्नुभएको रहेछ । बरु ति चाहिँ विश्लेषण योग्य छन् । वस्तुका दरहरू इत्यादि दर्जनौं हेरफेर गरिएको छ ।’त्यसबेला भएको हेरफेर पारदर्शी ढंगले नभएको आरोप लगाए । आफूले पारदर्शिता कायम गरेको बताए ।‘मैले त बकाइदा चिठी लेखेर गरेको छु, सांसद ज्यूहरूको हातमा पर्नु भन्दा अगाडि यो सच्याइएको पाना हुनुपर्छ भनेर संसद्का महासचिवलाई चिठी नै लेखेको छु’, उनले भने ।सांसदहरूको हातमा सच्याइएको पाना परेपछि कमा र फुलिस्टप समेत संशोधन नभएको पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...

‘सुशासन जागरण अभिया ...

 रौतहट, चन्द्रनिगाहपुर। जिल्लाभर योजना तर्जुमा र बजेट विनियोजनका क्रममा रकम लेनदेन भइरहेको भन्न ...