मधेसका अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिने

  • असार १, २०८३
  • २५८ पटक पढिएको
  • Pradesh Times Dainik
alt

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले संसद्‌मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् । उनले बिरामीलाई समयमै एम्बुलेन्स सेवा उपलब्ध गराउन एम्बुलेन्सहरूमा जीपीएस जडान गरिने व्यवस्था मिलाइने समेत जानकारी दिए। त्यसैगरी प्रदेशभरिका महिलाहरूका लागि स्तन क्यान्सर तथा पाठेघरको आङ खस्ने समस्यालाई लक्षित गर्दै निःशुल्क शिविर सञ्चालन गरिने उनले बताए । बेटी पढाउ, बचाउ कार्यक्रमलाई परिमार्जित गरी ‘शिक्षित छोरी, सुरक्षित मधेस, उद्यमशील नारी, समृद्ध प्रदेश’ सङ्कल्पका साथ महिलाहरूलाई प्राविधिक सीप सिकाउन सहुलियतपूर्ण ऋण उपलब्ध गराइने मन्त्री भट्टराईले बताए । यसका लागि मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरिने सरकारको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...